|

भोलि प्रधान मन्त्रीले रेडियोबाट जनगुनासोको सम्बोधन गर्ने

काठमाडौं, कात्तिक १३- प्रधान मन्त्री बाबुराम भट्टराईले जनचासो, जनअपेक्षा, जनगुनासो र जनसरोकारबारे दोस्रोपल्ट रेडियो नेपालबाट सोमबार श्रोतासँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। गत असोज १५ गते जनतासँग प्रत्यक्ष संवाद गरेका प्रधानमन्त्रीले भोलि राती ८:१० बजेदेखि एक घन्टासम्म रेडियो नेपालको स्टुडियोबाट प्रत्यक्ष अन्तर्क्रिया गर्ने छन्।

उनले अन्तरक्रियासँगै आफ्ना भावी योजना बारेमा जानकारी गराउने भएका छन्।प्रधानमन्त्रीसँग जनताले रेडियो नेपालको टेलिफोन नं ४२२१७२१ वा ४२२१७३६ मा फोन गर्न सक्ने व्यवस्था मिलाइएको रेडियो नेपालले जनाएको छ।इमेल मार्फत् पनि प्रधानमन्त्रीसँग आफ्ना जिज्ञासा, गुनासो र सरोकार राख्न सकिने व्यवस्थासमेत मिलाइएको छ। -रासस
                                                                                                                               स्रोत :नागरिक न्युज 



Posted by Butwalonline on 6:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भोलि प्रधान मन्त्रीले रेडियोबाट जनगुनासोको सम्बोधन गर्ने"

Leave a reply