|

रोकिराखेको बसलाई अर्को बसले ठक्कर दिँदा २४ जना घाइते

काठमाडौँ, कात्तिक २ - सप्तरीको तेरौटास्थित राजमार्गमा दुई वटा बस ठोक्किएर भएको दुर्घटनामा अमेरिकी र क्यानाडेली नागरिकसहित २४ जना घाइते भएका छन्। बिहान सवा ४ बजे एउटा रोकिराखेको बसलाई अर्को बसले ठक्कर दिँदा दुवै बसमा भएका यात्रु घाइते भएका हुन्।

काँकडभिट्टा तर्फ जाँदै गरेको ना ४ ख ५८७१ नं.को बस रोकिराखेको अवस्थामा ना ४ ख ३८२४ नं. को अर्को बसले ठक्कर दिँदा दुवै बस सडकमा पल्टिएको थियो।

दुवै बसमा सवार २४ जना यात्रुहरु घाइते भएका थिए। घाइतेमध्ये १३ जनालाई सगरमाथा अञ्चल अस्पताल र ६ जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो।

घाइते ५ अमेरिकी र एक क्यानाडेली नागरिक सगरमाथा अञ्चल अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक फरार छन्।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रोकिराखेको बसलाई अर्को बसले ठक्कर दिँदा २४ जना घाइते"

Leave a reply