बेइमानी रैछौ तिमी
बिना अर्थै वाचा तोड्यौ,बेइमानी रैछौ तिमी
अनायासै बाटो मोड्यौ, बेइमानी रैछौ तिमी
मनको सुन्दर बगैचामा,रंगीचंगी सयौथरी
फुल फुल्ने बोट गोडयौ,बेइमानी रैछौ तिमी
धेरै वाचा पुरा गरि, यौटै कुरा बाँकि हुँदा
आफ्नै ढिपी गरि छोड्यौ,बेइमानी रैछौ तिमी
जे संके त्यो दिए ,अपुग भयो तिमीलाई
अर्कै संग नाता जोड्यौ,बेइमानी रैछौ तिमी
संसार अट्ने मन थियो,सागर अट्ने मुटु
घैलासरी सबै फोड़यौ,बेइमानी रैछौ तिमी
बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान
अनायासै बाटो मोड्यौ, बेइमानी रैछौ तिमी
मनको सुन्दर बगैचामा,रंगीचंगी सयौथरी
फुल फुल्ने बोट गोडयौ,बेइमानी रैछौ तिमी
धेरै वाचा पुरा गरि, यौटै कुरा बाँकि हुँदा
आफ्नै ढिपी गरि छोड्यौ,बेइमानी रैछौ तिमी
जे संके त्यो दिए ,अपुग भयो तिमीलाई
अर्कै संग नाता जोड्यौ,बेइमानी रैछौ तिमी
संसार अट्ने मन थियो,सागर अट्ने मुटु
घैलासरी सबै फोड़यौ,बेइमानी रैछौ तिमी
बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान