अवैध कामदारलाई मलेसिया सरकारद्वारा आममाफी
क्वालालम्पुर , कार्तिक ५ - घर र्फकन चाहने अवैध रुपमा रहेका सबै विदेशी कामदारलाई 'यही अक्टोबर ३१ सम्ममा मलेसिया छाड्नुपर्ने' निर्णय मलेसियाले गरेको छ । गत अगष्टदेखि अवैधानिक कामदारका लागि बायोमेट्रीक प्रणालीसहित विभिन्न ६ चरणमा सम्पन्न गर्ने गरी 'आममाफी कार्यक्रम' ल्याएको हो ।
मलेसियाको उच्च सरकारी स्रोतलाई उदृत गर्दै यहाँस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार 'घर र्फकन्छु' भनी बायोमेट्रीक प्रणालीमा दर्ता भएका र दर्ता हुन छुटेकासमेत गरी दुवैखाले नेपाली कामदारले यही अक्टोबर ३१ भित्रै नेपाल फर्कनुपर्ने भनि समयसीमा तोकेको छ ।
यसअघि बायोमेट्रीक प्रणालीमा दर्ता हुन छुटेकाको लागि के गर्ने ? भन्नेबारे मलेसियाले कुनै ठोस निर्णय गरेको थिएन ।
मलेसियाली सरकारले तोकेको उक्त समयावधि भित्र नेपाल फर्किएमा कुनैपनि कारबाहीको भागिदार हुन नपर्ने भएकाले अविलम्ब फर्कनका लागि तयार हुनसमेत दुतावासले अवैध रुपमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।
'नेपाल फर्कन्छु भनी बायोमेट्रीक गरेका अवैधानिक नेपाली कामदारहरुले अक्टोबर ३१ भित्र मलेसिया छाडिसक्नुपर्ने भएको हुँदा नेपाल फर्कनका लागि अविलम्ब आवश्यक कागजपत्र तयार गर्न अनुरोध गरिन्छ' दुतावासद्वारा जारी जरुरी सूचनामा भनिएको छ ।
दुतावास स्रोतले भन्यो, 'शुक्रबार बसेको मलेसियाको गृहमन्त्रालयको बैठकले अवैध कामदारका लागि समयावधि तोकेको छ । घर फर्कन चाहने अवैध कामदारले यही अक्टोबर ३१ भित्रै फर्कनुपर्नेछ । यो अवधिभित्र नर्फकने अवैध कामदारका लागि कडा कारबाही हुने जनाइएको छ । 'यदि वेवास्ता गरी नफर्किएमा जरिवाना (कम्पाउण्ड ) तिराउने साथै कडा कारबाहीसमेत गर्ने जानकारी आएको छ' स्रोतले भने ।
जारी सूचना अनुसार, बायोमेट्रीक प्रणाली अनुरुप दर्ता हुन छुटेका अवैध नेपाली कामदारले पुत्राजयास्थित अध्यागमन विभाग (इमिग्रेसन डिपार्टमेन्ट) मा उपस्थित भई आत्मसमर्पण (सरेन्डर ) गरेमा बिना कारबाही नेपाल फर्कन पाउने छन् । घर फर्कन चाहने अवैध कामदारले बढीमा १४ दिन भित्रको हवाइटिकट र ट्राभल डकुमेन्ट लिई तोकिएको मितिभित्र फर्कनुपर्ने भएकोले ढिलो नगरी यो मिति भित्रै फर्कन दुतावासले अनुरोध गरेको हो ।
यो मितिभित्र घर फर्कन चाहने अवैध नेपाली कामदारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र राहदानीको प्रतिलिपी सहित अन्य केही प्रक्रिया पूरा गरी दुतावासबाट एकतर्फी ट्राभल डकुमेन्ट लिन सक्नेछन् । ट्राभल डकुमेन्ट लिनको लागि यसअघि सक्कल नागरिकताको प्रमाणपत्र 'अनिवार्य' गरिएको थियो । यसपाली भने आममाफी कार्यक्रम र अवैध नेपालीको सहजतालाई मध्यनजर गर्दै दुतावासले नागरिकता र राहदानीको प्रतिलिपीको आधारमा पनि ट्राभल डकुमेन्ट उपलब्ध गराउने भएको हो ।
मलेसियाले घर फर्कन चाहने अवैध कामदारका लागि मलेसिया छाड्न दिएको पछिल्लो 'डेटलाइन' सकिन अब करिब १ हप्तामात्रै बाँकी छ । यो निर्णयअनुसार, घर फर्कन चाहने अवैध नेपालीले १ हप्ताभित्र सबै कागजपत्र बनाइ फर्की सक्नु पर्नेछ । तर, मलेसियाले घर फर्कन दिएको यो अवधि त्यति पर्याप्त देखिदैंन ।
कतिपयले १ हप्ताको समय पर्याप्त नभएको टिप्पणी गरेका छन् । यसअघि मलेसियाले डिसेम्बरसम्मको अवधि दिएको जनाइएको थियो ।
आममाफी कार्यक्रमको यसअघि भएको दर्ता चरणमा करिब ३३ हजार नेपाली सामेल भएका थिए । तीमध्ये बहुसंख्यक बैध भई काम गर्ने तयारीमा रहेको जनाइएको छ । हाल घर फर्कनका लागि ट्राभल डकुमेन्ट लिन दुतावास जाने नेपालीहरुको चाप बढ्न थालेको छ । दुतावासका अनुसार, आममाफी कार्यक्रम शुरु भएयता करिब २१ सय नेपालीले एकतर्फी ट्राभल डकुमेन्ट लिइसकेका छन् ।

स्रोत :कान्तिपुर न्युज