रेखाको क्याम्पमा नयाँ हिरो कहिले सम्म होलान त उनी प्यारो ?

अर्थात कुनै समय ब्यायफ्रेन्डले समेत परिचित रेखाका यि हिरोहरुसंग अहिले उनको बोलचाल छैन् । जसकारण यि हिरोहरु रेखाको नाम पनि सुन्न चाहदैनन् र रेखा पनि उनीहरुको सकारत्मक पक्षलाई सहन सक्दिनन् । तर गत बर्षदेखि नायक जीवन लुईटेलसंग नजिकिएकी रेखाको सम्बन्ध पनि चिसिएको खबर खबर बाहिर आएको छ । अर्थात पछिल्लो प्रोजेक्ट अन्दाज को छायाकंनको सिलिसिलामा जीवनको आन्द्राभुडी थाहापाएपछी उनको जीवनप्रति इन्ट्रेस्ट हटेको बुझिएको छ । र सोही फिल्मबाट हिरोमा डेब्यू गरेका मोडल सविन श्रेष्ठसंग यिनको मित्रता अहिले चुलिएको छ । यस्तै फिल्म रिलिजको समयमा जिवन अष्ट्रेलिया गएकाले पनि जीवनसंग रेखा क्रुद्ध भएकी हुन रे । जसकारण जीवनसंग असन्तुष्टी बढेपछी सविन अहिले उनको रोजाईको हिरो भएका हुन् ।
र यो रोजाईसंगै सविन र रेखा आजकाल दरवारमार्गका क्याफेतिर कफी पिईरहेको अवस्थामा भेटिन थालेका छन् । जुन भेटाईको तस्बिर कान्तिपुर दैनिकले आजको अंकमा सार्वजनिक गरेको थियो । यस्तै नयाँ रोजाईको हिरो पाएकाले रेखाले नयाँ प्रोजेक्ट रावणमा पनि सविनलाई मुख्य भूमिकामा दोर्याएकी छिन् । जुन फिल्मको क्लाईमेक्सको सिन मात्र खिच्न बाकी छ । तर हरेक बर्ष हिरो फेर्ने यि नायिकाको क्याम्पमा सविन कत्तिन्जेलका पाहुना हुनेछन् त्यो त अर्को बर्ष थाहा भैहल्छ ।
स्रोत :फिल्मिखाबर डट कम
