|

राजमार्गमा थप २ होटेल र पानी उद्योगमा सिल पानीको बोतलभित्रै साङ्ला

धादिङ, आश्विन १६ - प्रधानमन्त्री बाबुराम भट्टराईको कडा निर्देशनपछि राजमार्गमा सञ्चालित होटलहरुको अनुगमनका लागि सोमवार पुगेको जिल्ला अनुगमन समिति धादिङले पृथ्वीराजमार्गको धार्के र नौविसे क्षेत्रमा सञ्चालित २ वटा होटल र एक पानी उत्पादक कम्पनीमा सिल गरेको छ । बाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, साल्ट टे्रडिङ, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र जिल्ला अनुगमन समितिको संयुक्त टोलीले ती होटल र पानी उत्पादक कम्पनीमा सिल गरिएको हो ।

सोमबार शिल गरिएका होटलहरुमा धार्केको गोल्डेन स्टार होटल प्रा.लि र बैरेनी भल्टारमा रहेको होटल राजधानी रहेका छन् । यसैगरी नौविसेमा सञ्चालित नृवेश्वर वाटर इन्डष्ट्रिज प्रा.लि मा पनि टोलीले सिल गरेको छ । होटलहरुमा विगत गरिएको अनुगमनका क्रम भन्दा अहिले कुनै सुधार नआएको, मुल्य सूचि नभएको, यात्रुसंग मनपरी शुल्क लिइएको र अनुगमन समितिलाई अटेर गरेका कारण सिल गरिएको नागरिक न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष शहदेव गौतमले बताए । साथै नृवेश्वर वाटर इन्डष्ट्रिज प्रालिको उत्पादन गुणस्तर नभएको,

भेटिएको र सिल पनि राम्रोसंग प्याक नगरिएको कारण सिल गरिएको गौतमले बताए ।

अनुगमनका क्रममा अधिकांश होटलहरुमा धेरै मात्रामा म्याद सकिएका खाद्य पदार्थ तथा पेय पदार्थ भेटिएकाले त्यस्ता सामग्रीलाई तत्कालै नष्ट गरिएको छ भने आइन्दा यस्ता सामग्री विक्रि वितरण नगर्न चेतावनी पनि दिइएको छ । यसका साथै होटलहरुमा लिइने अत्यधिक शुल्कका विषयमा पनि यात्रुहरुले गुनासो गरेपछि अनुगमन टोलीले होटल सञ्चालकहरुलाई मूल्य मिलाउन अनुरोध गरेको छ । र आगामी अनुगमनमा पनि मुल्य सन्तुलनमा नआएमा कारबाही गरिने चेतावनी दिइएको जिल्ला अनुगमन समिति धादिङका संयोजक एवं निरिक्षण अधिकृत कुष्ण गैह्रेले बताए । उनले अनुगमनको कार्यलाई निरन्तरता दिइने र राजमार्गका होटलहरु व्यवस्थित नभएसम्म अनुगमन गरिरहने बताए ।

यस अघि आइतवार पृथ्वीराजमार्ग अन्तर्गत धार्केमा सञ्चालित अन्नपूर्ण होटल, भेरी होटल एण्ड फास्टफुड रेष्टुरेञ्ट र न्यू एभरेष्ट होटल र नौविसेमा सञ्चालित एभरेष्ट होटल एण्ड भोजनालयमा ताला लगाइएको थियो ।

Posted by Butwalonline on 5:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजमार्गमा थप २ होटेल र पानी उद्योगमा सिल पानीको बोतलभित्रै साङ्ला"

Leave a reply