अन्तरकलहपछि रेडियो मिरमिरे बन्द
काठमाडौ, आश्विन १६ - रेडियो मिरमिरे ८९.४ मेगाहर्जको कम्प्युटर तथा ट्रान्समिटर आइतवार राती उठाएर ताला बन्दी गरिएपछछि बन्द भएको छ ।
सामाग्रहीहरु चोरी गरिएको आरोप रेडियो सञ्चालकहरुले लगाएपनि असन्तुष्ट पक्षले राती उठाएर तालावन्दी गरिएको बताइएको छ । नेपाल पत्रकार महासंघ, मिरमिरे शाखाको नाममा तालबन्दीको सूचना टाँसिएको छ ।
रेडियो सञ्चालक समितिका सदस्य कृष्णकुमार श्रेष्ठले भने रेडियोका पूर्व निर्देशक विष्णुप्रसाद सापकोटासहितको टोलीले राती साँढे ११ बजे आएर कम्प्युटर र ट्रान्समिटरसहितका सामाग्रीहरु चोरी गरेको दावी गरेका छन् । कोही नभएको मौका पारी टेक्निसियन गोपाल नेपालबाट रेडियोको साँचो खोसेर ल्याइ चोरी गरेको श्रेष्ठको आरोप छ ।
रेडियोका निर्देशक सापकोटा केही दिनअघि हटाइएका थिए । यसलाई पार्टी भित्र भइरहेको विवादको परिणामको रुपमा हेरिएको छ ।
साथै उनैको टोलीले महासंघ शाखाका सदस्यहरुको नक्कली हस्ताक्षरसहित तलव नदिए लगायतका ज्ञापनपत्र टाँसेको पनि श्रेष्ठले आरोप छ । रेडियो मिरमिरे माओवादी सम्बद्धहरुले चलाएको एफएम हो ।
स्रोत :कांतिपुर न्यूज
ao chala ramro haina sahidharuko ragatko badalale baneka gunsukai upakaranharu pani luchha chudi garneharulai hami kunai din garur karbahi gariaos bhani agraha gardachhoun....