"गजल" दशैं विशेष
छुट्टी मैले मागेकै हो तर,नपाउने भएँ आमायसपाली नि दशैंमा घर, नआउने भएँ आमा
ताजै छ पोहोर चा-चाहुई, गर्दै खेलेको पिङ
मालाश्री मिठो भाका'नि, नगाउने भएँ आमा
मनसुन अली लामै छ'रे, झरि परेको सुन्छु म
खर-फाली तिनको छानो,नछाउने भएँ आमा
लहलह धानका बाला,गह्राभरी झुल्दै होलान
हजूर'संगै बेसी-बारी, नधाउने भएँ आमा
आउँछ छोरो भनीकन, जमरा राख्यो होला
शुभ-साइतको टिका मैले,नलाउने भएँ आमा
Rohit Ranamagar
Butwal,Rupandehi,
Present-Afghanistan
