|

युएई मा एक नेपाली युबकको मृत्यु

बुटवल, २८ भदौ – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा गत चार दिन अघिबाट बेपत्ता भएका एक नेपाली युवाको शव फेला परेको छ । गत ३ वर्षअघि यूएई आएका पन्थी टोला –७ पाली अर्घाखाँचीका सुशील पन्थी यूएईको दुबईमा मृत अवस्थामा भेटिएका हुन् । भारतीय नागरिकको घरमा घरेलु कामदारको रूपमा दुबईको करामास्थित एक घरमा काम गर्दै आएका पन्थी गएको चार दिन अघिबाट हराएका थिए ।

खोज्दै जाादा उनको शव उनी कार्यरत घरकै अपार्टमेन्टका लागि राखिएको पानी ट्याङ्कीमा भेटिएको हो । मृतका भाइ कमल पन्थी यूएईको आबुधाबीमा कार्यरत छन्, हाल दसैंको अवसर पारेर उनी नेपाल विदामा आएका छन् । दसैं मनाउने तयारीमा रहेका घरपरिवार यतिबेला शोकमा डुबेका छन् ।

Posted by Butwalonline on 11:25 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएई मा एक नेपाली युबकको मृत्यु"

Leave a reply