जग्गा फिर्ता नगर्ने अडान
विनोद परियार ,बुटवल,२९ भदौ -एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले भूमिहीन किसानहरुलाई जग्गाको वैकल्पिक व्यवस्था नगरी युद्धकालमा कब्जा गरिएका जग्गा फिर्ता नहुने जनाएको छ ।
महासंघले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष ठाकुर चापागाईले वैज्ञानिक भूमिसुधार आयोगको प्रतिवेदन कार्यान्वयन नगरी प्रहरी प्रशासन लगाएर भूमिहीन किसान र सुकुम्बासीलाई हटाउन खोजे त्यसले द्वन्द्व निम्ताउने चेतावनी दिनुभयो ।
एमाओवादीका केन्द्रीय सल्लाहकार समेत रहनुभएका उहांले सरकारको निर्णय नमान्न पनि किसानहरुलाई निर्देशन दिनुभयो । भूमिहीन किसानको पक्षमा युद्ध लडेको आफ्नै पार्टीको सरकारले कांग्रेस एमालेले फिर्ता गराउन नसकेको जग्गा प्रहरी सेना लगाएर फिर्ता गराउंछौं भन्नु विडम्बना भएको उहांले बताउनुभयो ।