मन्त्रि परिषद आज विस्तार हुने
काठमाडौ, भाद्र २९ - प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बिहीबार मन्त्रिपिरषद् विस्तार गर्दैछन् । माओवादी, मधेशी मोर्चा र अन्य दलबाट समेटर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवका अनुसार अपरान्ह ५ बजे सपथको समय निर्धारण गरिएको छ । माआवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर सरकारमा सहभागी नहुनेभएपछि तत्काललाई उनको भागमा राखिएको मन्त्रालयहरुमा पनि सपथ गराउन लागिएको छ ।
मोर्चाको घटक मध्ये मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आफ्ना तर्फबाट मन्त्रीमा पठाउनेहरुको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । लोकतान्त्रिकका नेता रामजनम चौधरीले बताए अनुसार शरदसिंह भण्डारी रक्षा र हेमराज तातेडलाई वातावरण मन्त्रीको लागि नाम पठाइएको छ । त्यस्तै गृह,रक्षा,वन र वातावरण राज्यमन्त्रीमा क्रमशः भिमराज राजवंशी,रामबच्चन यादव,लक्ष्मण मेहता र दुर्गादेवी महतोको नाम सिफारिस गरिएको छ ।
मोर्चाका अन्य घटक तमालोपा र तमलोपा नेपालले मन्त्रीको नामावली प्रधानमन्त्रीलाई बुझाइसकेको स्रोतले जनाएको छ । तर सपथ अघि उनीहरुले नाम सार्वजनिक गर्न चाहेका छैनन् ।
यसैबीच,प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारमा सहभागिताको विषयमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका छन् ।

स्रोत :कान्तिपुर न्युज