स्वरोजगारका लागि उद्यमशिलता तालिम
मुक्तिप्रसाद न्यौपाने,पाल्पा, ५ असोज-स्वरोजगारका लागि उद्यमशिलता भन्ने उद्देश्यका साथ पाल्पामा पााच दिने तालिम उद्यमशिलता विकास तालिम शुरु भएको छ ।रोजगारकोष हेल्भेटास नेपाल काठमाण्डौंको सहयोग तथा जयन ट्रेनिङ्ग इन्टिच्यूट बुटवलको आयोजना र जयन ट्रेनिङ्ग पाल्पाको संयोजनमा तालिम शुरु गरिएको छ । पाच दिनसम्म चल्ने तालिममा औद्योगिक विकास प्रतिष्ठान, काठमाण्डौंका लेखनाथ इटानी र सागर पौडेलले प्रशिक्षण प्रदान गर्नेछन् ।
प्राविधिक तालिम लिएर युवा स्वरोजगार हुने भएकोले तालिमको आयोजना गरिएको जयन ट्रेनिङ्ग इन्टिच्यूट पाल्पाका संयोजक बिष्णु पाण्डेले बताए । अहिलेको युवा वैदिशिक रोजगार तर्फ उन्मूख भइरहेको समयमा यो तालिम व्यवहारिक हुनेछ जसले युवा जमातलाई नेपालकै भूमिमा रहेर श्रम र पसिना बगाउन उत्प्रेरणा प्रदान गर्ने संयोजक पाण्डेले बताए ।
तीन महिनाको प्राविधिक सिप सिकेर सीप परिक्षणको परीक्षामा सम्मिलित २० जना युवाको तालिममा सहभागिता रहेको छ । जयनमै प्राविधिक सिप सिक्दै गरेका जुठापौवा गाविसका प्रकाश नेपाली बताउछन् यो तालिम सिकेर आफै कुनै व्यवसाय सञ्चालन गर्नेछु । अर्का सहभागि तानसेन नगरपालीकाका कमला विक भन्छिन् ‘आत्मनिर्भरताका लागि प्राविधिक तालिमबाट व्यवहारिक ज्ञान लिने आशामा सहभागि भएकि हु ।
बिहिबार भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक लेखनाथ इटानीले नेपालमै पनि थुप्रै अवसर रहेको र त्यसका लागि प्राविधिक ज्ञान हुनुपर्ने कुरामा जोड दिएका थिए । जयन ट्रेनिङ इन्टिच्यूट पाल्पाका संयोजक बिष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दयाराज न्यौपानेले गरेका थिए ।
तालीममा भागलिदै सहभागी हरु | तस्बीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
तीन महिनाको प्राविधिक सिप सिकेर सीप परिक्षणको परीक्षामा सम्मिलित २० जना युवाको तालिममा सहभागिता रहेको छ । जयनमै प्राविधिक सिप सिक्दै गरेका जुठापौवा गाविसका प्रकाश नेपाली बताउछन् यो तालिम सिकेर आफै कुनै व्यवसाय सञ्चालन गर्नेछु । अर्का सहभागि तानसेन नगरपालीकाका कमला विक भन्छिन् ‘आत्मनिर्भरताका लागि प्राविधिक तालिमबाट व्यवहारिक ज्ञान लिने आशामा सहभागि भएकि हु ।
तस्बीर: मुक्तिप्रसाद न्यौपाने/ बुटवल अनलाइन |
बिहिबार भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक लेखनाथ इटानीले नेपालमै पनि थुप्रै अवसर रहेको र त्यसका लागि प्राविधिक ज्ञान हुनुपर्ने कुरामा जोड दिएका थिए । जयन ट्रेनिङ इन्टिच्यूट पाल्पाका संयोजक बिष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दयाराज न्यौपानेले गरेका थिए ।
Posted by Butwalonline
on 3:09 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response