|

मायाले बाँच्ने इच्छा बढाउँछ

काठमाडौ, भाद्र १७ - प्रेमले हामीलाई खुसी मात्र दिँदैन, लामो उमेरसमेत दिन्छ । धेरै प्रकारका अनुसन्धानपछि के तथ्य बाहिर आएको छ भने मायामा धेरै शक्ति हुन्छ । मायाले हामीभित्र रोगसँग जुध्न अपार शक्ति उत्पन्न गर्छ । जब कुनै रोगीलाई कसैले मायाप्रेम दर्साए उसको शरीरमा एक प्रकारको रासायनिक परिवर्तन हुन्छ, जसले गर्दा उसमा रोगसँग लडने क्षमतामा वृद्घ िहुन्छ ।
अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा के पाएका छन् भने प्रेम र भावनात्मक सुरक्षा बढी अनुभूति गर्ने व्यक्तिहरूको धमनीमा ती व्यक्तिको दाँजोमा अवरोध -ब्लकेज) कम हुन्छ, जो प्रेम र आत्मीयताबाट वञ्चित हुन्छन् ।
तर पेकिङ विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक माओ लिहुआका अनुसार जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो मस्तिष्कको अनुभवबाहेक केही होइन । कोहीप्रति आकषिर्त हुँदा जब तान्त्रिका तन्त्रका माध्यमबाट फेरोमोन्सले मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, यसबाट मुटुको चाल बढ्नुको साथै सासको गति समेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ, तिर्खा लाग्छ ।
धेरैजसो के पाइएको छ भने चिकित्सकले जसलाई ठाडो भाषामा तिनलाई सन्चो हुने वा बाँच्ने सम्भावना छैन भनेका हुन्छन्, तीमध्ये केही व्यक्ति बाँच्ने गरेका मात्र छैनन्, वषार्ंैंसम्म स्वस्थ जीवनयापनसमेत गरेका छन् ।
मायाको अनुभूति रोगलाई निको पार्न मात्रै आवश्यक छैन, यो लामो स्वस्थ जीवनको लागि समेत अत्यावश्यक छ ।
साभार :कान्तिपुर न्युज 

Posted by Butwalonline on 1:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मायाले बाँच्ने इच्छा बढाउँछ"

Leave a reply