|

दशैंको चहलपहल सुरु, पेशाकर्मीहरु व्यस्तै व्यस्त

रविन राचलिका (हरीत समूह)
भक्तपुर, १९ भदौ
दशै सुरु हुन एक महिना बाँकी नहुदा सबैतिरका पेशाकर्मीहरु कमाउ धन्दामा लागेका छन् । यसरी कमाउ धन्दामा लाग्नेहरु मध्ये चाँगुनारायणको प्रदिप भट्टराइ इन्जिनीयरीयङ कलेका बिद्याथीहरुले नाचगान सहित भदौ २३ र २४ गते मनोहरा फाँट थर्काउने भएका छन् । सन् २०१२ मा अध्ययन पुरा गर्ने समुहले गर्न लागेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु समेत प्रदर्शन गरिने भएको छ ।
कम्युटर संघ नेपालले ३० भदौदेखि ४ दिन सम्म काठकाण्डौंमा सफ्टवेयर मेला गर्ने भएको छ । नेपालमा भैरहेको सफ्टवेयरको तस्करी पहिचान गर्न चार बर्षदेखि निरन्तर आयोजना भैरहेको उक्त मेलाले सफ्टवेयर उद्योगलाई दर्ता गराउने पहल समेत गर्दै आएको छ । नेपालमा हाल सयौंको संख्यमा दर्ता नगरिएका बिदेशी कम्पनीहरुले सफ्टयेयर बिदेश पैठारी गर्दै आएको छ ।

इन्जिनियर नेतोका चलखेल सुरु
हरेक दुइ बर्षमा हुने इन्जिनियर संघ नेपाल र इन्जिनियर परिषदको चुनाबको लागि नेताहरुको चलखेल सुरु भएको छ । निर्वाचन आउने असोजमा हुदैछ । निर्वाचनका प्रत्यासी उम्मेदवारहरुले भदौ र साउन महिनाबाटै आफु जित्नका लागि नयाँ युवायुवतीहरुलाई संघ र परिषदको सदस्यता आफु बहालमा रहेको संस्थाबाट शुल्क भुक्तानी गर्न लगाइ गर्न भ्याएका छन् ।
चुनाबले संघमा पन्ध्र जना र परिषदको लागि ५ जना प्रतिनिधि चयन गर्नेछ । यी दुबै निकायमा चुनाब हुने अघिल्लो दुइ महिनामा ९० प्रतिशतले सदस्यता लिने र नबिकरण गर्ने गरेका छन् । युवापुस्ता प्रति संघमा चासो नभए पनि उम्मेदवारहरुले आफ्ने पहलमा अनिबार्य नएको सदस्यता लिन इन्जिनियरीङ स्नातक पुरा गरेकालाई दवाब दिएका थिए । संघमा सदस्य हुन उक्त योग्यता आबश्यक हुने गर्दछ ।
पाँचाखेलको पर्यटक पार्क अलपत्र
भक्तपुर सहरको पाँचाखेल पर्यटक पार्क नगरपालिकाको घोटालाको कारण अलपत्र परेको छ । नगरपालिकाले खोहरे क्षेत्रको सुबिधा र पर्यटक आवागमको सहजताको लागि पाँचाखेलमा बनाउने लागिएको उक्त पार्क अलपत्र परेको छ ।
पुरानो सहरका मुख्य स्थलहरुमा कम समय लाग्ने उक्त पार्कमा पर्यटक बसपार्क बनाउने योजनाको लागि निकासी भएको रकम दलालले संगैरहेको खोला सम्याउने खर्च गरेका थिए । ग्राभेल गर्न छुटाइएको पैसाले अन्यत्रको माटो ल्याएर सडकलाई हिल्लाम्मे बनाइदिएको छ । नयाँ र पुराना पर्यटकहरुले आफ्ना सवारी मार्फत पहिलो पाइला चाल्ने बित्तिकै भक्तपुरको धरोहर ङातापोल मन्दिर देखिने भएकोले त्यहाँ पर्यटक बसपार्क निमार्ण गर्ने योजना बनेको हो ।
पर्यटकको सिजन सुरु हुने महिना सम्म पनि पाँचाखेल पर्यटक बसपार्क नै नबनाई पुरानो पर्यटक बसपार्क ब्यासी रहेको बसपार्कमा समेत नगरपालिकाले भवन खडा गरे पछि पर्यटकका सवारी हिलोमा पार्क गर्न बाध्य भएका छन् । नगरपालिका भित्रका यस किसिमका घोटालाहरु धेरै हुने गरेका छन् । भक्तपुरको नगर प्रबेश शुल्क महँगो ठान्ने गरेका पर्यटकरुह बिना शुल्क पनि यदाकदा प्रबेश गर्ने गर्दछन् । बिना टिकट काटेका पर्यटकहरुलाई भने बंशगोपाल भन्ने स्थानमा नगरपालिका पहलनमानहरु बाटो छेकेर फिर्ता पठाउने गरेका छन् ।
कलेजमा बिज्ञापन दलालको चहलपहल
भक्तपुर कलेजमा दशैको मेसोमा पत्रिका निकालेर बिज्ञापनको नाममा पैसा असुल्ने कार्य थालनी भएको छ । यसपालीको दशै खर्चको जोहो गर्न बिद्यार्थीको भेषमा रहेका उनीहरुले झोले पत्रिका छाप्न कलेज प्रसाशनमा रकम उपलब्ध गराउने दवाब दिदै आएका छन् । यसरी रकम माग्नेको लागि नेमकिपाको पत्रिकाको लागि राजकेशरी कुसी र एमालेका मानिसहरुले प्रिन्स भनिने राजकुमार लामिछानेलाई खटाएका छन् ।
हिमालयको अर्थराजनितिमा गफ हुदै
नेपालमा जलबायु परिवर्तन र हिमाल पग्लेको गफ गर्न बिशेषज्ञको टोलीले काठमाण्डौमा तीन दिन सम्म गफ गर्ने भएका छन् । ललितपुरमा रहेको इसिमोड नामको संस्थाले उक्त गफ भदौ १९ देखि तीन दिन सम्म गर्न लागेको हो । हिमाली क्षेत्रमा जलबायू परिबर्तनको कारण आर्थिक क्षेत्रमा पर्ने असर केन्दि«त गफ हुने आयोजकले जनाएको छ ।

Posted by Journalist Mukti on 4:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैंको चहलपहल सुरु, पेशाकर्मीहरु व्यस्तै व्यस्त"

Leave a reply