|

नेपाली काँग्रेस अभियानमा

पाल्पा, १८ भदौ
नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिकामा काँग्रेस वडा समिति ३ को वडा प्रशिक्षण
कार्यक्रम पार्टी कार्यालयमा, रामपुरमा महिला संघको आयोजनामा तीज गीत प्रतियोगिता
एवं सम्मान कार्यक्रम र खस्यौलीको हार्थोकमा क्षेत्रीय समिति क्षेत्र नं. ३ को आयोजनामा क्षे
त्रीय बैठक सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस प्रेस विभाग पाल्पाका अनुसार पाल्पा क्षेत्र नं. ३ को खस्यौली गाविसको
हार्थोकमा शनिवार सम्पन्न क्षेत्रीय बैठकले महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न गरेको छ । जस
अनसार नेपाली काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यालय हार्थोकमा स्थापना गर्ने र कार्यालयको
भवन उद्घाटन वि.पी. जयन्तीका अवसरमा भाद्र २४ गते समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पालुङमैनादीको बतासेमा क्षेत्र नं. ३ का कार्यकर्ताहरुलाई प्रशिक्षण दिने, क्रियाशील सदस्यता
जिल्ला र क्षेत्रका नेतृत्व समेतको उपस्थितिमा वितरण गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले
इलाका स्तरीय समिति पनि गठन गरेको छ । समितिमा ९ नं. इलाकामा राजेन्द्रमुनी शाक्य संयो
जक माधव न्यौपाने सदस्य संयोजक प्रदीप उदय सदस्य सचिव, इलाका १० मा सीता ज्ञवाली संयोजक र
ामचन्द्र पाण्डे सदस्य सचिव, इलाका नं. ११ मा जंग बहादुर केसी संयोजक नल बहादुर र
ाना सदस्यसचिव, इलाका नं. १२ मा दिवाकर अर्याल संयोजक खड्क बहादुर थापा सहसंयोजक ,
इलाका नं. १३ मा खेम बहादुर राना संयोजक पूर्ण वहादुर लम्तरी सहसंयोजक रहनु भएको छ ।
बैठक ने.का. क्षेत्र नं. ३ क्षेत्रीय सभापति राम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा
पुर्व सांसद एवं नेपाली काँग्रेसका नेता हरि प्रसाद नेपाल महासमिति सदस्य महाधिवेशन प्रतिनिधि र
भातृसंस्थाका केन्द्रीय एवं जिल्ला तहका पदाधिकारी एवं क्षेत्रीय समितिका पदाधिकारीहरुको
उपस्थिति रहेको थियो । यता तानसेन पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रममा काँग्रेस
पाल्पाका सभापति वीर बहादुर रानाले वर्तमान राजनीतिक अवस्था र संगठनका महत्वपूर्ण पक्षमा प्र
शिक्षण दिनु भएको थियो । सो अवसरमा नगर काँग्रेस अध्यक्ष चकोरमान शाक्यले पाल्पा काँग्रेसको
ऐतिहासिक पृष्ठभूमी प्रशिक्षण विभाग प्रमुख यमलाल तिमिल्सिनाले वैचारिक दृष्टिकोण र महिला नेतृ
शोभा शाक्यले साम्यवाद र प्रजातान्त्रिक समाजवादका बारेमा प्रशिक्षण दिनु भएको थियो । नेपाली
काँग्रेस वडा नं. ३ वडा समितिका ६० जना सक्रिय कार्यकर्ताको सहभागिता रहेको प्रशिक्षणको
अध्यक्षता काँग्रेस वडा अध्यक्ष शोभा शाक्यको अध्यक्षता र सचिव सरोजलाल शाक्यले संचालन गर्नु
भएको थियो ।
उता नेपाल महिला संघ रामपुरको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा महिलाको हकहित र अधिकार प्राप्तीका साथै संघको क्रियाकलापमा महत्वपूर्ण यो
गदान पु¥याएवापत रामपुर १ कि इन्द्र कुमारी पौडेल, रामपुर ३ की दुर्गा देवी
शाहीलाई सम्मान गरिएको थियो । महिला संघ रामपुरकी अध्यक्ष सरस्वती डोटेलको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पाल्पाका सचिव माधव नेपालले
शान्ति र संविधानका लागि गीतका माध्यमबाट जनचेतना जगाउनु सह्रानीय कार्य भएको बताउदै र
ामपुरलाई सरकारले नगरपालिका घोषणा नगरेकोमा आक्रोस व्यक्त गर्दै तत्काल नगरपालिका
सांगठनीक प्रशिक्षणको घोषणा गर्न सरकारकसँग माग गर्नु भयो । विभिन्न २४ वटा टिमको सहभागिता रहेको प्रतियोगिता
प्रतियोगिताकी संयोजक गीता पौडेलले स्वागत गर्नु भएको थियो ।

Posted by Journalist Mukti on 12:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली काँग्रेस अभियानमा"

Leave a reply