टेलिकमद्वारा महसुलमा विशेष छुट
काठमाडौ, आश्विन ८ - नेपाल टेलिकमले नेपालीहरूको आसन्न महान चाडपर्वको शुभअवसरमा आफ्ना सेवाहरूमा विशेष छुट प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल टेलिकमका अनुसार कम्पनीका जिएसएम तथा सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने सेवामा प्रचलित महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । हाल प्रति एसएमएसको रु १ महसुल लाग्ने गरेकोमा आसन्न पर्वहरूका अवसरमा आगामी असोज ११ गतेदेखि १९ गतेसम्म तथा आगामी कात्तिक ९ गतेदेखि कात्तिक १५ गतेसम्म ५० पैसामा एसएमएस पठाउन सकिने व्यवस्था गरिएको छ ।
यसैगरी जिएसएम मोबाइलको रु १०० र रु २०० का दरले रिचार्ज कार्डहरू तथा सिडिएमए सेवाको रु २ सय दरका रिचार्ज कार्डहरूमा ५ प्रतिशत बार्ता समय बोनस उपलब्ध गराइने भएको छ । यो छुटको व्यवस्था आगामी असोज ११ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेछ ।
कम्पनीको सीप फोन कस्टमर कार्ड (सीप–पिसियल) को हालको बिक्री मूल्य रु ५०० मा २० प्रतिशत छुट उपलब्ध गराइएको छ । यो छुटको अवधि आगामी असोज ११ देखि कात्तिक १५ गतेसम्म लागु हुने सो संस्थाले जनाएको छ ।

स्रोत :कान्तिपुर न्युज