माओवादी नेताको परिवारै कुटिए
खाँदबारी, श्रावण २० - संखुवासभाको मादीमुलखर्कमा माओवादी नेताको परिवारमाथि नै निर्घात कुटपिट भएको छ ।१० नम्बर ईलाका सेक्रेटरी रेवती दाहाल र उनका श्रीमती र छोरीलाई स्थानीय दर्पण जिमीको समूहले बिहीवार राती निर्घात कुटपिट गरेका हुन् ।
घरमै सुतिरहेका माओवादी नेता दाहाल परिवारलाई हतियारसहित आएका समुहले कुटपिट गर्दै घरवाट वाहिर निकालेका थिए । केहिदिन अघि भएको सामान्य विवादलाई लिएर उनीहरुमाथी आक्रमण भएको माओबादी जिल्ला ईन्चार्ज राजेन्द्रकुमार किरातीले बताए ।रेवतीको परिवारलाई निर्घात कुटपिट नगर्न आग्रह गर्दा जिमीको समुहले छिमेकी सरोज दाहाललाई पनि खुकुरी हानेर घाईते वनाएका छन ।
माओवादीले एरिया सेक्रेटरीलाई गरिएको आक्रमणको घोर भर्त्सना गरेको छ । शान्ति र संविधानको लागि लचिलो भइरहेको अवश्थामा कार्यकर्ता माथी आक्रमण हुनुलाई षडयन्त्रको रुपमा लिएको जिल्ला ईन्चार्ज किरातीले बताए ।उनले भने, 'आक्रमण गर्नेलाई कानुन अनुसार कारवाही गर्नु पर्छ ।' उनले घाइते भएका चारै जनाको सिघ्र उपचारको माग गरेका छन । घाइतेहरुको जिल्लास्थित स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि शुक्रवार उपचारका लागि विराटनगर लगिएको छ ।
आक्रमण गर्ने दर्पण जिमी सहित ५ जनाको समुहलाई स्थानीय प्रहरी चौकीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय चैनपुरमा बुझाएको छ । उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साभार:कान्तिपुर

यसरी सम्पूर्ण परिवार माथि आक्रमण गर्नु भनेको अनुचित काम भयको छ एस्मा दोसी हरुमाथि कठिन भन्दा कठिन कारवाही गर्नु पर्छ नेपाल सरकार ले
कुरो मनासिब गर्नु भो तुलसी जि तपैले जनधनको सुरक्षा गरि दोषी माथि कडा कारबाही गर्नु पर्यो सरकारले,नत्रभने यस्ता घटना हरु फेरी फेरी पनि दोहोरि रहनेछन ,
pahila maobadile kutthe ab maobadi kutinchh haerdai jau badsala linai parchh jag jana jag