पाल्पाबाट २० करोडबढी रकम फिर्ता
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १३ भदौ
आर्थिक वर्ष २०६७÷०६८ मा पाल्पा जिल्लाको २० करोड २५ लाख १६ हजार ६ सय २९ रुपैयाँ रकम फिर्ता भएको छ ।
पाल्पा जिल्लाको गत आर्थिक वर्षमा कुल बजेट २ अर्व २७ करोड ५६ लाख ६७ हजार ७ सय पैतालिस रुपैयाँ रहेकोमा चालु तर्फ १ अर्व ३१ करोड २४ लाख ७० हजार १ सय एकासी रुपैयाँ र पुँजिगत तर्फ ७६ करोड ६ लाख ८० हजार ९ सय ३५ रुपैयाँ खर्चभै बाँकी २० करोड बढी रकम फिर्ता भएको हो ।
कोष तथा लेखा नियन्त्रण कायाृलय पाल्पाका प्रमुख कोष नियन्त्रक लालबहादुर कार्की भन्नुहुन्छ यो वर्ष जिल्ला विकास समितिको आर.ए.आइ.डी.पि.को सम्झौता समयमा हुन नसक्दा मोटो रकम फिर्ता भएको छ जुन यो आर्थिक वर्ष २०६७÷०६८ मा पूनः आउने सम्भावना पनि रहेको हुन्छ ।
पाल्पामा सडक निर्माणका अधिकांश काम पूरा भएको छैन । सडकका लेखा अधिकृत शिव पन्थी भन्नुहुन्छ असारको पहिलो हप्तामात्र बजेट आउँछ अनि कसरी काम पूरा हुन्छ ? सरकारले यो विषयमा गम्भिरता पूर्वक लिनुपर्छ ।
समयमा बजेट नआउनु, सम्झौता समयमै नगरिनु जस्ता कारणले बजेट धेरै मात्रामा फिर्तामात्र नभएर फ्रिज नै पनि हुने गरेको छ ।