|

हेफर पनि तीज गीत प्रतियोगिता गर्दै

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, १३ भदौ
हेफर ईन्टरनेशनल नेपाल र ग्रामिण विकासका लागी सहयोगी हातहरु पाल्पाको सहयोग तथा पूर्वखोला विकास परियोजना र जन्म भुमी युवा क्लव विरकोरको संयुक्त आयोजनामा आयोजित आधारशिलामा आधारित तिज गित प्रतियोगीता सम्पन्न भएको छ ।
परियोजना भित्रका १२ समुहको सहभागीत रहेको उक्त प्रतियोगीतामा चन्द्रमुखी परिवार समुह रिङ्नेरह प्रथम, प्रगती परिवार समुह बिरकोट द्वितीय त्यस्तै मन्दिर डाडा परिवार समुह रिङ्नेरह पनि द्वितीय, लगनशिल परिवार समुह तृतिय र मिलनशार परिवार समुह सान्त्वना स्थानमा प्राप्त गर्न सफल भएका छन् पुरस्कृत समुहलाई पुरस्कार र प्रमाण पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं ग्रामिण विकासका लागी सहयोगी हातहरु पाल्पाका अध्यक्ष शान्ति नेपालले पुर्वखोला परीयोजनाले यहाका बासिन्दामा सकारात्मक परिवर्तन आएको बताउनु हुदै हिन्दु नारी हरुको पर्व तिजको अवसरमा आयोजना गरिएको यो प्रतियोगितामा कुनै समुहको हार नभएको वताउनु भयो ।
परियोजना ब्यवस्थापन समितिका अध्यक्ष गंगा आचार्यको सभापतित्वमा भएको कार्यक्रममा विरकोट गाविस निवर्तमान अध्यक्ष नुन बहादुर थापा, ए नेकपा माओवादी जिल्ला सचिवालय सदस्य डिफेन्स, मगर मुक्तिमोर्चा पाल्पाका सचिव यशकुमार गरम्जा, निर्णायक मण्डलका संयोजक कृष्ण प्रसाद पौडेल खाँडदेवी निमाविका प्रधानाध्यापक लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

Posted by Journalist Mukti on 11:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हेफर पनि तीज गीत प्रतियोगिता गर्दै"

Leave a reply