कार्वाहीको माग गर्दै विद्यार्थीद्धारा प्रर्दशन
कृष्ण आचार्य , दैलेख,१३ भाद्र २०६८ दैलेख -अवोध वालिका माथि गरिएको बलात्कारको विरोध र दोषीलाई कानुन बमोजीम कार्वाहीको माग गर्दै आज जिल्ला सदरमुकाममा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । नारायण क्याम्पस दैलेखमा अध्ययनरत विद्यार्थी र त्रिभूवन नमुना उच्च मा.वि.मा अध्ययनरत विद्यर्थीैहरुले बलात्कारीलाई कानुन बमोजीम कार्वाही गर्नुपर्ने, अभियुक्तका परिवारबाट आएको धम्की बन्द गरिनुपर्ने लगाएतका मागहरु राख्दै विरोध प्रर्दशन गरेका हुन् ।
घटनाका प्रत्यक्ष दर्शीहरुले प्रहरीलाई बयान दिदा समेत अभियुक्तका परिवारहरुले घरमा आई ज्यान मार्ने धम्की दिएपछि विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएको संयुक्त विद्यार्थी आन्दोलनका नेता राजु खड्काले जानकारी दिएका छन् । सदरमुकाम दैलेख बजारमा नारा जुलुस गर्दै संयुक्त विद्यार्थीहरुले स्थानीय देवकोटा चौकमा कोणसभा गर्दे प्रहरी र अदालतलाई कसैको प्रभावमा नपरी स्पष्ट न्याय दिलाउन सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
यही भाद्र ४ गते नारायण नगरपालिका १ कुईकानाका केशव के.सी.ले ६ बर्षे अवोध बालिका माथि बलात्कार गरि ज्यान मार्ने भन्दै घााटी बुझेर मर्यो भन्दै गोगनपानी जंगल नजिक फालेर फरार भएका थिए । अभियुक्तलाई स्थानीय वासिन्दाहरुले थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले अनुसंधान गरिरहेको र केही दिनमा जिल्ला अदालतमा पेश गर्ने जानकारी प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले दिएका छन् ।