लेबनानमा अपांग बनाइएकीको बिचल्ली
कास्की, श्रावण २८ - वैदेशिक रोजगारमा लेबनान जाँदा घर मालिकले कुटपिट गरी दुवै खुट्टा भाँचेर फर्काइदिएकी पोखरा, बाँझापाटनी ३१ वषर्ीया मंगली परियारको बिचल्ली भएको छ ।
श्रीमान्को मृत्युपछि छोराछोरी पाल्न आर्थिक समस्याले लेबनान पुगेकी उनलाई मालिकले यातना दिई डेढ वर्षअघि घर पठाइदिएका थिए । खुट्टाका औंला दबिएका कारण हिँड्डुल राम्ररी गर्न नसक्ने उनले कमाउन नसकेका कारण सन्तान पाल्न समस्या भएको छ । गरिबीले गर्दा उनले छोरालाई विद्यालय पठाउन सकेकी छैनन् ।
क्षयरोगले थलिएर ६ वर्षअघि श्रीमान्को मृत्यु भएपछि उनी पहिलोपटक खाडी मुलुक पुगेकी थिइन् । खाडीमा दुई वर्ष काम गर्दा कमाउन नसकेपछि उनी स्वदेश फिरिन् ।
यहाँ आएपछि फेरि आम्दानीको कुनै बाटो नदेखेपछि आफन्त र छिमेकीको सल्लाहमा उनी काठमाडांैको टेकुस्थित एक म्यानपावर कम्पनीमार्फत घरेलु कामदारका रूपमा लेबनान पुगिन् । दुई वर्षको भिसामा लेबनान पुगेकी उनले त्यहाँ जेलको जीवन जस्तै भएको बताइन् । 'न त तलब पाएँ, न त राम्रोसँग खान नै', भावुक हुँदै आपmना दुवै खुट्टा देखाउँदै भनिन्, 'तलब माग्दा घर मालिकले उल्टै खुट्टा भाँचिदिए ।'
त्यसपछि घर मालिकले १८ दिनसम्म भोकै कोठामा थुनेर राखेको उनले पीडा पोखिन् । विदेश पुर्याउने म्यानपावर कम्पनी -नामसमेत बताउन नसक्ने) सँग क्षतिपूर्तिका लागि जाँदासमेत माओवादी भन्दै धम्की दिएको बुवा गुमानेले बताए । 'क्षतिपूर्ति त टाढाको कुरा भो उल्टै गाली र धम्की दिए,' उनले भने, 'बाध्यताले धन कमाउन गएकी छोरी दुवै खुट्टा भाँचेर फर्किई ।' मासिक २ सय ५० लिरा हुन्छ भनेर लगिएकामा १४ महिना काम गरेर उनले एक रुपैयाँ पनि पाइनन् । लेबनानमा अन्य नेपाली महिलाको पनि आफ्नो जस्तै हालत भएको उनले जानकारी दिइन् ।
वृद्व बाबुआमाको सहारामा बसेकी चमेलीले कुनै संघसंस्थाले आत्मनिर्भर बन्नका लागि तालिम दिए राहत पुग्ने बताइन् । उनले भनिन्, 'लेबनान जानु भनेको आपmनो जीवन बर्बाद गर्नु मात्रै रहेछ ।'
साभार:कान्तिपुर