प्रशिक्षण पश्चात उत्साहित भए कांग्रेसी कार्यकर्ता
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, ११ भदौ
नपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ को आयोजनामा क्षेत्रका २२ वटै गाउ विकास समितिका कांग्रेस सभापति उपसभापति र सचिवहरुको एक दिने प्रशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको गाउं संगठनलाई क्रियाशिल वनाउंदै वेचारिक सांगठनिक र विकास निर्माण समेतमा कार्यकर्तालाई उत्साहित बनाउदै शान्ति र संविधानका पक्षमा जनमत तयार पार्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख यमलाल तिमिल्सिना महासमिति सदस्यहरु रामेश्वर पन्थी, कृष्ण अधिकारीले प्रशिक्षण दिनु भएको नेपाली कांग्रेस पे्रस विभाग पाल्पाले जनाएको छ । प्रशिक्षण कायक्रममा २२ वटै गा.वि.स.का ६६ जनाले सहभासिगता रहेको छ ।
प्रशिक्षण कार्यक्रममा वोल्नु हुदै नेपाली कांग्रेस पाल्पाका सभापति वीर वहादुर रानाले अब कांग्रेस वैचारीक र सांगठनिक रुपमा समेत अघि बढ्ने वताउंदै जिल्ला भरका कांग्रेस कार्यकर्ताको संरक्षण नेपाली कांग्रेस पाल्पाले गर्ने भएकोले नीडर र उत्साहित भएर लाग्न कार्यकर्तालाई आव्हान गर्नु भयो ।
कांग्रेस पाल्पाका सचिव माधव नेपाल, दलित संघका अध्यक्ष विष्णु वम्रेल सहभागीका तर्फबाट गोठादी गाउ समितिका दिल्लीराज रेग्मी, प्रशिक्षण प्रमुख यमलाल तिमिल्सिना लगायतले संगठनका बारेमा चर्चा गर्नु भएको थियो । सहभागी प्रतिनिधिहरुले प्रशिक्षण र वैठकहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे । लामो समय देखि कार्यकर्ता पङ्तीमा देखिएका नैराश्य र वैचारिक कमीकमजोरी हटाउदै गाउ समितिका संयन्त्रमा गरीने क्रियाकलाप मा समेत यसले थप उर्जादिने गाउ समितिका सभापतिहरुले वताएका छन् ।