|

तरकारी खेतिबाटै जीवनस्तरमा सुधार

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, ११ भदौ
झडेवा पाल्पाका किसान दुर्गा बहादुर लाम्काहालाई केही वर्षसम्म आर्थिक समस्याले सबै भन्दा बढी पिरोल्थ्यो, घरको खर्च चलाउनेदेखि केटाकेटी पढाउनेसम्मको खर्च धान्न निकै मुस्किल हुन्थ्यो, आजकल उनका लागि बरदान सावित भएको छ, बेमौसमी तरकारी खेती ।
देवीनगर, जल्पा, गल्धा, झडेवा, रिग्नेरह लगायतका गाविसका कृषकहरूले व्यवसायिक रुपमै टमाटर खेती गर्न थालेका हुन् । किसान लाम्काहा त एउटा प्रतिनिधि पात्र मात्र हन्, उनी जस्तै सयौं कृषकका लागि बरदान सावित भएको छ, बेमौसमी तरकारी खेती । पूर्वी पाल्पाका आधादर्जन गाविसका कृषकहरू कोदो मकै छोडेर बेमौसमी खेतीतर्फ आर्कर्षित भएका छन् । कोदो मकैबाट भन्दा टमाटर खेतीबाट आम्दानी बढी हुने भएकोले टमाटर खेतीतर्फ आर्कषण बढेको कृषकहरूको भनाई छ ।
यहाँका कृषकहरूले टनेल भित्र र टनेल बाहिर समेत टमाटर खेती गर्दै आएका छन् । समाज उत्थान सहयोग केन्द्रको प्राविधिक सहयोगमा टमाटर खेती सुरु गरेका यहाँका किसानले एक वर्षमा एउटा बोटबाट मात्रै ४५ सय रुपैयासम्म आम्दानी हुने गरेको बताउँछन् ।
जल्पा, १ साकिनेका कृषक लोक रानाले भने, अधिकांश किसानको प्रमुख आयस्रोत भनेकै बेमौसमी तरकारी खेती हो । उनले अगाडि भने, यस क्षेत्रका धेरै किसानको परिवार चलाउने आधार टमाटर खेती बनेको छ । बेमौसमी तरकारी खेती बरदान सावित भएको छ, टमाटर खेतीका लागि यो क्षेत्र राम्रो भएकोले पनि कृषकको आकर्षण बढेको हो उनको भनाइ छ ।
जिल्लाका विभिन्न स्थानमा बेमौसमी तरकारी खेति गरेर बार्षिक लाखौँ रुपैया आम्दानी गर्ने कृषक संख्या ३ सय को हारहारीमा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले समय समयमा निशुल्क प्राविधिक परिक्षण तथा विउ तथा तालिम दिएका कारण व्यवसायिक तरकारी खेति गर्ने कृषक संख्या बढेको हो ।

Posted by Journalist Mukti on 11:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तरकारी खेतिबाटै जीवनस्तरमा सुधार"

Leave a reply