भट्टराई ए वान उम्मेदवार प्रचण्डआफूलाई सहयोग गर्न भट्टराईद्धारा रामचन्द्र पौडेललाई आग्रह
काठमाण्डौं, ११
प्रधानमन्त्रीका उम्मेदवार डा।बाबुराम भट्टराईका प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराई ुए वानु उम्मेदवार रहेको उल्लेख गरेका छन् ।
भट्टराईले शान्ति र संविधान पूरा गर्न नसके नयाँ सरकार पनि विगतका सरकारजस्तै विफल हुने बताए । प्रधानमन्त्रीकालागि आफ्नो उम्मेदवारीको सूचनाबारे संसद्मा बोल्दै भट्टराईले प्रतिस्पर्धी रामचन्द्र पौडेललाईसमेत आफूलाई सहयोग गर्न आग्रह गरे । मुलुकलाई थप निराश नपारौं सहमति खोज्ने प्रयास गरौं’ उनले भने, ‘बहुमतिय सरकार भएपनि सहमतिको ढोका खुल्ला छ ।’ आफू प्रधानमन्त्रीमा विजय भए राष्ट्रिय सहमति पूरा गर्न र शान्ति संविधानको जिम्मेवारी पूरा गर्न लाग्ने बताए ।
विगतका बहुमतीय सरकार असफल हुँदा जनतामा निराशा छाएको भन्दै उनले सबै एक भए निराशा घटाउन सकिने उल्लेख गरे । ‘मुलुकको भविष्य उज्वल छ’ भट्टराईले भने, ‘विगतका कमी कमजोरी हटाएर लागे सबै समस्या समाधान गर्न सक्छौं त्यसकालागि सामुहिक प्रयत्न आवश्यक छ ।’ बहुमतीय सरकारका पक्षमा व्यक्तिगतमा रुपमा आफू नभएको बताउ“दै भट्टराईले वृहत शान्ति सम्भौतालाई टेकेर निराशाबाट गुज्रिरहेको देशलाई माथि उकास्न र उत्पीडित र बर्गिय मुद्दालाई जोड दिने बताए । भट्टराईका प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराई प्रधानमन्त्रीका ए वान उम्मेदवार भएको दाबी गरेका हुन् । उनी आफ्नो पार्टीमा मात्रै नभएर अरुमा पनि ए वान भएको आफूले बुझेको उल्लेख गरे । अब पनि संविधान निर्माण भएन भने नेपाली जनताले भयानक दुर्दशा भोग्नुपर्ने भएकाले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताए । नेपालको शान्ति र संविधानको भविष्य विश्वभरीबाटै गम्भीरतापूर्वक हेरिएको चर्चा गर्दै दाहालले तीता मिठा धेरै अनुभवहरु भोगिसकेकाले अब मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरे ।