रुपन्देहीमा पनि मुस्लिम धर्मालम्बवीहरुले ईद पर्व मनाएका छन्
विनोद परियार,बुटवल,भाद्र १४-रुपन्देहीमा पनि मुस्लिम धर्मालम्बवीहरुले ईद पर्व मनाएका छन् । मुस्लिमहरुले बुटवल भैरहवा लगायतका क्षेत्रका मस्जिद तथा ईदगाहामा जम्मा भै सामुहिक रुपमा नमाज पढेर यो पर्व मनाएका हुन् ।
सामुहिक नवाज पढे पछि मुस्लिम समुदायले आफ्नो नजिकको करवलाहरुमा गई मृतपरिवारजनको आत्माको शान्तिको लागि प्रार्थना समेत गरेका छन् । यस्तै सरकारले हरेक वर्ष ईदुल फित्रका दिनमा राष्ट्यि विदा दिने निर्णयको प्रशंसा गर्दै रुपन्देहीका मुस्लिम समुदायले सरकारले यथाशीघ्र मुस्लिम आयोगको गठन गर्नु पर्ने माग समेत गरेका छन् । मुलकमा अल्प संख्यकको रुपमा रहेका मुस्लिम समुदायको विकासमा सरकारले खासै चासो दिन नसकेको उनीहरुको गुनासो छ ।
यसैविच,हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज र मुस्लिम समुदायको महान पर्व ईदलाई मध्यनजर गर्दै सबै धार्मिक सद्भाव नविथोलियोस् भन्दै कपिलवस्तुको चन्द्रौटाको पूर्व इलाका प्रहरी कार्यालयदेखि इलाका वन कार्यालयसम्मको भागलाई स्थानीय प्रशासनले निशेधित क्षेत्र घोषणा गरेको थियो ।