बुटवलका विभिन्न स्थानमा विशेष तीजगित कार्यक्रमसाथमा तिज ममनाईयो
विनोद परियार,बुटवल,भाद्र १४-नेपाली महिलाको माहान पर्ब हरितालीका तिज रुपन्देही सहित लुम्बिनी अञ्चलमा धुमधामका साथमा मनाईएको छ । बुटवल,भैरहवा,कपिलबस्तु,पाल्पा,गुल्मि,नवलपरासी र अघाएखाची लगायतका ठाउहरुमा दिदि बहिनीहरु एकै ठाउमा भेला भएर गित गाउदै र नाच्दै तिज मनाएका हुन् । हरितालिका तीजका अवसरमा आज बुटवलका विभिन्न स्थानमा विशेष तीजगित कार्यक्रम भएका छन् । बुटवलको देवीनगरमा पनि तीज विशेष कार्यक्रम भएको थियो । स्थानिय सामुदायिक विकास परिषद बुटवल १३ देविनगरमा खुल्ला तीजगित कार्यक्रम अयोजना गरिएको कार्यक्रम संयोजक अर्जुन कुवंरले बताउनुभयो ।
त्यसैगरि बुटवलको सिदेश्वरी प्रङगढमा पनि खुल्ला तीजगित कार्यक्रम भएको छ । महिलासंघ लगायतका विभिन्न संघ संस्थाको अयोजनामा तीजगित कार्यक्रम भएको हो ।
बुटवल बहुमुखी क्याम्पसको प्रङगणमा भने यो बर्ष गत बर्षजस्तो तिज कार्यक्रम नभएपनि महिलाहरु भेला भएर नाचगान गरेका थिए । यसैगरि बुटवलको योगिकुटी,बुद्धनगर,तामनगर,नयांगांउ,देवदह,फर्साटिकर लगायतका क्षेत्रमा पनि तीजगित कार्यक्रमको अयोजना गरिएको स्थानिय संघ संस्थाहरुले बताएका छन् । उता भैरहवामा पनि ठाउ ठाउमा तीज कार्यक्रमहरु भएको बताईएको छ । महिलाहरुको महत्वपुर्ण चाडको अवसर जिल्लाका अधिकाश मठमन्दिरहरुमा महिलाहरुको घुईचो लागेको थियो । लुम्बिनी अञ्चल कपिलबस्तु,नवलपरासी,गुल्मि,अर्घाखाचीमा पनि तिज कार्यक्रमहरु भएको हाम्रा सहकर्मिहरुले जनाएका छन् ।