बालउद्धार राहातकोषमा ७० हजार संकलन
मुक्तिप्रसाद न्यौपाने,भदौ ६, पाल्पा-जोखिममा परेका तथा समस्या भोगिरहेका बालबालिकाहरुलाई संरक्षण एवं सहयोग गर्ने उद्धेश्यले जिल्ला बाल कल्याण समिति पाल्पाले आपतकालिन बालउद्धार राहात कोषको स्थापना गरेको छ ।
हाल यो राहातकोषमा ७० हजार रकम संकलन भएको र कोषबाट बाबु आमा वा संरक्षकबाट बन्चित भएका बालबालिका, अपाङ्गता भएका बालबालिका, विभिन्न कारणले बेवारिसे र जोखिम अवस्थामा पुगेका,,यौन शोषण, यौनदूव्र्यवहार, वेचविखन वा ओसारपसारमा परेका बालबालिकाहरुलाई सहयोग गर्ने बाल अधिकार अधिकृत हरिबहादुर सारुले बताए ।
कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि नेपाल बैंक लिमिटेड पाल्पा शाखामा चल्ति खाता नं. १६५७ खाता सञ्चालन गरिएको छ । हाल यो राहातकोषमा ७० हजार संकलन भएको र रकम संकलन कार्य जारी रहेको पनि उल्लेख गर्नु भयो । राहात कोष स्थापनाको लागि पहिलो चरणमा कोलडाँडा, खानीगाउँ, रहबास, चापपानी, सत्यवती, पोखराथोक, बराङ्गदी, अर्गली, मस्याम, छहरा, मदनपोखरा, तेल्घा, भैरवस्थान, देवीनगर र मुझुङ्ग गाविसबाट लक्षित वर्ग अन्तरगत बालबालिकाको लागि विनियोजित रकमबाट सहयोग उपलब्ध गराएको थियो ।
एच.आई.भी र एड्स संक्रमित तथा प्रभावित बालबालिका, हराएका वा वेवारिसे अवस्थामा फेला परेका बालबालिका र जिल्ला बालकल्यण समिति पाल्पाले सहयोग गर्न आवश्यक देखेका बालबालिकाहरुलाई यो कोषबाट सहयोग गर्न सकिने अधिकृत सारुले जानकारी दिए ।
राहातकोष स्थापनाको लागि जिल्ला बाल कल्याण समिति पाल्पाले ६५ वटै गाविसका गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समिति र जिल्लामा रहेका विभिन्न संघसंस्था तथा कार्यालयहरुसँग सहयोग माग गरेको छ ।