|

भ्रष्टाचारबिरुद्ध सशक्त कानुनको माग गर्दै अन्ना हजारेको समर्थनमा र्याली

कृष्ण आचार्य , दैलेख,भदौ ६-भ्रष्टाचारबिरुद्ध सशक्त कानुनको माग सहित आन्दोलनरत भारतिय सामाजिक अभियन्ता अन्ना हजारेको समर्थनमा नेपालगञ्जमा र्याली निकालिएकोछ ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल बागेश्वरी असल शासन क्लब (बास) युवा क्लबहरुको छाता संगठन जिल्ला युवा क्लब संघ , बाके र जिल्ला शान्ति सद्भाब समिति बााकेको संयुक्त आयोजनामा बुधबार सो र्याली निकालिएको हो ।
भ्रष्टाचार बिरोधी सशक्त लोकपाल बिद्येयकको माग सहित एक हप्ता देखि भारतको नयाा दिल्लि स्थित रामलिला मैदानमा आमरण अनसन बसेका अन्नाको समर्थन र भ्रष्टाचारको बिरुद्धमा सो र्याली निकालिएको थियो ।

बिहान ८ बजे स्थानीय बि.पि. चौकबाट शुरु हुने सो र्याली घरबारी टोल, सदरलाईन हुादै जिल्ला प्रशासन अगाडी गएर कोणसभामा परिणत भई र्याली समापन भउको थियो । सो कोणसभालाई बिभिन्न व्यक्तित्वहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज नगरापालिकाका पूर्व मेयर डाकटर धवल शम्सेर राणाले अन्ना   हजारेले संचालन गरेको भ्रष्टाचार बिरुद्धको अभियान नेपालमा पनि थाल्न जरुरी भएको बताए । उनले नेपालको भ्रष्टाचार बढ्नुमा राजनितीक दल दोषि भएको बताए । उनले सुडान घोटाला प्रकरणमा दोषि भनिएका प्रहरी मात्रै सो प्रकरणका दोषि नभई त्यस ताकाका गृह मन्त्रि र दलका नेताहरुमा पनि दोषि भएको उल्लेख गरे । उनले भने यो कुरा जेलमा गएकाहरुले पनि भन्न सक्नु पर्छ । उनले नेपाल असफल देश हुनुमा भ्रष्टाचार मूख्य कारण भएको बताए । उनले भ्रष्टाचार मुक्त देशका लागि नेता असल हुनु पर्ने बताए । उनले भने नेताले भ्रष्टाचार गरेन भने कार्यकर्ताले पनि भ्रष्टाचार गर्दैनन् ।

कार्यक्रमलाई गैसस नेटवर्क, बांकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, स्थानीय मानब अधिकार सञ्जाल बााकेका संयोजक तेज बिक्रम शाह, जिल्ला युवा क्लब सञ्जाल, बांकेका अध्यक्ष आशिष बर्मा, बासका निर्देशक नमस्कार शाह, जिल्ला शान्ति सद्भाब समितिका सचिब राजन बर्मा, भारतिय संचारकर्मी सन्तोष शुक्ला, नेपाल पत्रकार महासंघ, बााकेका अध्यक्ष शुक्रऋषि चौलागाईं, अनेरास्वबियु क्रान्तिकारीका अध्यक्ष उपेन्द्र शाही, नेबिसंका बिपिन के.सी., भुमि अधिकार मंचकी बिष्णु रोका लगाएतले सम्बोधन गरेका थिए । बासका उपाध्यक्ष हेमराज भट्टले संचालन गरेको कार्यक्रमको समापन बासका अध्यक्ष राजु लामिछानेले गरेका थिए । म अन्ना हजारे हुं, भ्रष्टचारी हाई, हाई, सदचारी बाई, बाई, भ्रष्टाचारीलाई कार्बाही गर लगाएतका नारा सो र्यालीमा लगाईएको थियो । २०० बढि नागरिकहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रिय खेलाडीहरु संगिता बैद्य, दिपक महर्जन, नेपाल पत्रकार महासंघका पूर्ब महासचिब पोषण के.सी. लगाएतको सहभागिता रहेको थियो । 

Posted by Butwalonline on 6:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्रष्टाचारबिरुद्ध सशक्त कानुनको माग गर्दै अन्ना हजारेको समर्थनमा र्याली"

Leave a reply