|

बढ्दो सवारी दुर्घटना लगाएत अन्य घटनालाई मध्यनजर गर्दै सूरक्षा व्यवस्थामा कडाई

कृष्ण आचार्य, दैलेख,साउन २९-जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लामा हूनेसवारीदुर्घटना लगाएत अन्य घटनालाई मध्यनजर गर्दै सूरक्षा व्यवस्था लाई कडा वनाउदै गएको छ। यसै क्रममा हिजो साँझ चेकिङमा गएको ट्राफिक सहितको सुरक्षा टोलिले चेक जाँचलाई तिव्रता दिएको छ । हिजो रानिमत्ता देखी दैलदेख   बजार सम्म विभिन्न सवारी साधान चेक जाँच गर्दा तिनवटा ्याक्टर २ वटा वस र एउटा मिनि ट्रक कार्वाहिमा परेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्हरी नायव उपरिक्षक दिपक वस्नेतले जानकारी दिनुभएयो ।

विभिन्न सवारीसाधनले रोड प्रमिट नलिएको, छतमा यात्रु राख्ने सवारी साधन अनुमति पत्र नभएका, विल वुक नभएका सवारी साधनलाई चेक जाँच गरी नियम अनुसार कार्वाहि गरीएको जनाइएको छ । पछिल्लो समयमा जिल्लाको शान्ति सुरक्षाका विषयमा व्यापक चासो देखाउदै दिन रात जुनसुकै समयमा पनि गस्ति टोलि खटिरहने वस्नेतले जानकारी दिनुभयो ।

प्रहरी गस्ति टोलि दैलेख जिल्लका वेस्तडा, तल्लो डुङ्गेश्वर, दुल्लु, चुप्रा, तालपोखरी, नौमुले लगाएतका ठाउामा जुनसुकै समयमा पनि गस्ती भइरहने जनाइएको छ । दैलेख जिल्लाको शान्ति सुरक्षा मजवुद वनाउनका लागि जिल्ला प्रहरी कार्यालय दैलेखलाई सहयोग गर्न सम्पुर्ण सर्वसाधारण जनसमुदायलाई वस्नेतलेआग्रह गर्नूभयो  । पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक सहितको, टोलि गस्ती हिड्नुले दैलेखी जन्ताले सुरक्षाको महसुस गरीरहेका छन् ।


Posted by Butwalonline on 6:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बढ्दो सवारी दुर्घटना लगाएत अन्य घटनालाई मध्यनजर गर्दै सूरक्षा व्यवस्थामा कडाई"

Leave a reply