बहिनी हत्या गर्ने दाइ पक्राउ
उदयपुर, श्रावण २९ - बहिनी हत्यापछि फरार अभियुक्त भोजपुर बैकुण्ठे - ८ का एक युवक रामपुरठोक्सीलामा पक्राउ परेका छन ।
नाताले बहिनी पर्ने २२ वर्षीया इन्द्रकला थापाको हत्या गरि फरार रहेका २३ वर्षीय सविन थापालाई शनिबार पक्राउ गरिएको इलाक प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामकुमार बस्नेतले वताए । २६ गते मध्यान्न इन्द्रकलाको हत्या गरि फरार सविनलाई प्रहरी कार्यालय तर्फनै आउदै गर्दा पक्राउ गरिएको प्रहरी निरिक्षक थापाले वताए ।
घरायसी झगडाका कारण इन्द्रकलाको हत्या गरेको सविनले प्रारम्भीक बनायन दिएको प्रहरीले जनाएको छ । इन्द्रकलाको हत्यापछि फरार सविन आफै प्रहरी कार्यालयमा आएको स्रोतले वतायो । स्रोतका अनुसार बहिनीको हत्यापछि गाउँलेहरुले आफ्नो पनि हत्या गर्ने डरले फरार सविन आफै इलाका प्रहरी कार्यालयमा आएका हुन् ।
खोजी गरिरहेकै अवस्थामा सविन आएको प्रहरीले जनाएको छ । उदयपुरको मैनामैनी गाविस सामुन्ने पर्ने बैकुण्ठेका सविन भागेर रामपुरबजार आएका हुन् । इन्द्रकलाको परिवारसँग पटक पटक हुने झगडाका कारण उनको हत्या गरिएको सविनले वताएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सविनालाई हाल इलाक प्रहरी कार्यालय रामपुरमा राखिएको छ । उनलाई आवश्यक कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइने प्रहरी निरीक्षक बस्नतेले वताए ।
साभार:कान्तिपुर