|

पाल्पामा वित्तिय संस्थाको प्रतिस्पर्धा तीव्र

मुक्तिप्रसाद न्यौपाने,साउन २६, पाल्पा- तीन वर्ष अघिसम्म सरकारको स्वामित्वमा सञ्चालित बैङ्क वित्तिय संस्थाहरुले मात्र बैङ्किङ सेवा पुर्‍याएको पाल्पाको तानसेनमा नीजि क्षेत्रको लगानीमा खुलेका बैङ्क तथा वित्तिय संस्थाले आफ्ना शाखा विस्तार गर्ने तिव्र होडबाजी चलेको छ ।

औद्योगीक, व्यापारीक क्षेत्रको कम संम्भावना बोकेको तानसेनमा नीजि क्षेत्रले यसरी शाखा विस्तार गर्नु यहााको सुरक्षाको सुरक्षा व्यवस्था राम्रो रहेको छ । हाल तानसेनमा सरकारी स्वामित्वका वाणीज्य, कृषि विकास र नेपाल बैङ्कले र नीजि क्षेत्रमा खुलेका हिमालयन, किष्ट, इनभेष्टमेन्ट, गरीमा, पश्चिमाञ्चल जस्ता एक दर्जन वित्तिय शाखाहरुले बैङ्किङ कारोबार गरिरहेका छन् ।

कृषि उत्पादनको प्रचुर संभावना र अवसर रहेको कुटीर उद्योगको रुपमा परापूर्व कालदेखिनै पाल्पा निकै अगाडी भएपनि ठूला उद्योग व्यापारीक प्रतिष्ठान विहिन जिल्लामा अदुवा, कफी, दालचिनी, अम्रिसो उत्पादनका लागी उर्वर भूमि ठानीएको यस जिल्लामा वित्तिय संस्थाहरुले कृषि क्षेत्रमा अत्यनत न्यून रुपमा कर्जा प्रवाह गरेका छन् ।

पाल्पा उद्योग वाणीज्य संघका अध्यक्ष मधुदयाल शैंजु भन्नुहुन्छ मूलुकमा बढ्दो राजनैतिक अस्थिरताका कारण अर्थतन्त्र अत्यन्त कमजोर छ जनताले लगानीगर्ने ठाउा अत्यन्त कम त्यसैले लगानी सुरक्षित नभएसम्म वित्तिय संस्थामा पैसा संकलन गर्दछन् भने अर्को तर्फ वित्तिय संस्थामा गरेको लगानीको सुरक्षित भविष्य भएकोले नीजि क्षेत्रको लगानीमा बैङ्कहरु खुल्ने होडबाजी चलेको हो ।

विगत ३ वर्ष यता पाल्पामा कारोवार गर्दै आइरहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैङ्कले उद्योग, कृषिको तुलनामा सवारीका साधनहरुमा तीव्र लगानी गरेको छ । बैङ्कका शाखा प्रबन्धक बिष्णु ज्ञवाली भन्नुहुन्छ जनतालाई छिटो विश्वसनीय सेवा प्रदान गरी छरीएर रहेका पूाजीलाई एकिकृत गरी उत्पादन मूलक कार्यमा लगानी गर्दै राज्यको आर्थीक विकासमा थप सहयोग पुर्‍याउने उद्देश्यले बैङ्कले पाल्पामा शाखा विस्तार गरी बैङ्कीङ सेवा पुर्‍याएको छ ।

सरकारी स्वामीत्वमा सञ्चलित वित्तिय संस्थाले शहरमुखी अर्थतन्त्रलाई जोड दिंदै आफ्ना शाखा र सेवालाई शहरमामात्र केन्द्रित गरिरहेको वखतमा भने नीजि क्षेत्रका वित्तिय संस्थाहरुले सदरमुकामभन्दा ७० किलोमिटर टाढा गाउा रामपुरमा समेत आफुहरुले शाखा विस्तार गरी सेवा दिएको ज्ञवाली बताउनुहुन्छ । औद्योगीक क्षेत्रमा लगानी गर्ने वातावरण नबन्नु, २०४० सालदेखी सरकारले खुला अर्थनीति अवलम्बन गर्नु, त्यसै अनुरुप नीजि क्षेत्रको लगानीमा वित्तिय संस्थाहरु खुल्ने अवसर प्राप्त गरे अनुरुप वित्तिय कारोबार गर्ने संघसंस्थामा वृद्धि भएको हो ।

दैनिक १ करोड रुपैयाा भित्रने पाल्पामा ५० लाख रुपैयाा यहााका वित्तिय संस्थाहरुले निक्षेप वापत संकलन गर्दै आएका छन् । आकर्षक ब्याज, सेवा सुविधाको प्रलोभनका कारण दैनिक १ हजार व्यक्तिले पाल्पामा बैङ्किङ कारोबार गर्दै आएका छन् ।

Posted by Butwalonline on 8:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा वित्तिय संस्थाको प्रतिस्पर्धा तीव्र"

Leave a reply