|

पाल्पाको राम्दी पुल मर्मत हुादै


मुक्तिप्रसाद न्यौपाने,साउन २६- पाल्पा  भारत सरकारको सहयोगमा निमार्ण भएको झण्डै ४० वर्षपछि सिदार्थ राजमार्गको पाल्पा र स्याङजा जिल्ला जोडने राम्दी खण्डको कालिगण्डकीको पक्कीपुल मर्मत भइरहेको छ ।     करिब १ करोड ३४ लाखको लागतमा पुलको मर्मतकार्य सम्पन्न गरिएको छ । २०२२ सालमा निर्माण गरिएको पक्की पुल ९२.४ स्टिल सहित झण्डै १०० मिटर लम्बाई रहेको छ । फलामका जोर्निहरु मर्मत, पुलको सम्पुर्ण भागमा रङ्ग लगाउने र पुलको माथिल्लो मोटर गुड्ने भागमा कालोपत्रे गर्ने काम भइरहेको छ । पुलको मर्मत कार्यमा दैनिक २० जना मजदुर खटिएका छन् । मर्मतका लागी झण्डै तिन महिना समय लाग्ने अनुमान लाग्ने ठेकेदार कम्पनीले जनाएको छ ।

 पुलको मर्मत नसकिादासम्मको लागि एकतर्फी सावारी साधन संचालन गरिएको छ । भदौ अन्तिम सम्ममा मर्मत कार्य सकिने निर्माण कम्पनीले जनाएको छ । स्थानियबासीले पुल जिर्ण भएको भन्दै पटक पटक मर्मतको माग गरेपछि भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत सडक बिभागको बृज प्रोजेक्टले मर्मत गरेको हो ।

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाको राम्दी पुल मर्मत हुादै"

Leave a reply