|

गजल

बढाउँ अब भाइचार गोली  बारुद् चलाउनु हुन्न
संरचना सम्पती हो आगो झोसी जलाउनु हुन्न
.
चार जात छातीस् बर्ण सबै एकै बगैचाका माली
गोड्नु पर्छ बिरुवा ति जरा त्यसै गलाउनु हुन्न
.
गोर्खालीको शान हाम्रो उच्च शीर सगरमाथा हेरी
शान्ति प्रिय देश भित्र हत्य हिंसा फलाउनु हुन्न
.


हातमा हात मिलाएर आपसमा सहिष्णुता राखी
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
.
के पहाडी के मदेशी तेरो मेरो भन्ने सोच छोडी
प्रयास गरौं एकताको अनेकतामा कलाउनु हुन्न

इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा

Posted by Butwalonline on 7:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply