चितवनका होटल मजदुरहरु आन्दोलनमा उत्रिए
चाँदनी हमाल, चितवन, साउन २०- होटल संचालकले न्युनतम तलब नदिएको भन्दै चितवनका होटल मजदुरहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। उनीहरुलाई माओवादी उपाध्यक्ष मोहन वैद्यसमर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले साथ दिएको छ। ट्रेड युनियन संयोजक पोष्टबहादुर बोगटीको आग्रहविपरीत उनीहरु चितवनमा आन्दोलित छन्।
उनीहरुलाई माओवादी चितवन इन्चार्ज अनिल शर्मा विरहीले समेत साथ दिएका छन्।
दुई दिनअघि एमाओवादीकै मजदुर संयोजक पोलिटब्युरो सदस्य पोष्ट बहादुर बोगटीले समानान्तर रुपमा गठन भएका यस्ता संगठन विघटन गरिएको घोषणा गरेका थिए। तर व्यक्तिले भन्दा पनि पार्टीको निर्णय मात्र मान्ने भन्दै एमाओवादीकै अर्का नेता मोहन वैद्य निकट यो संगठनले चितवनमा उद्योग र होटल मजदुरको आन्दोलनमा साथ दिइरहेको छ।
माओवादी चितवनका इन्चार्ज अनिल शर्माले एक विज्ञप्तीनै जारी गरी मजदुरहरुको साथ रहेको र व्यक्तिको निर्देशन नमान्न र आन्दोलन जारी राख्न भनेका छन्।
विभिन्न मजदुर संगठनहरुले उद्योग व्यवसायीसँगै न्युनतम तलब मजदुरलाई दिन माग गरिरहेकै बेला होटल मजदुरहरुले पनि सेवा ठप्प पारेका हुन्। भरतपुरको ठूलो होटल रोयलसेन्चुरी, होटल ग्लोबल लगायत होटल मजदुरहरुले सेवा ठप्प पारेका हुन्। एक दर्जन होटलले भने सहमति जनाएको मजदुरहरुले बताए। शुक्रबार बिहानै होटल बन्द गर्न ग्लोवलका मजदुर रोयल सेन्च्युरी पुगेका थिए।
चितवनको भरतपुर कुरिनटार गरी सेवा शुल्क लिने दुई दर्जन ठूला होटलमा मजदुर संगठनले न्युनतम तलबका लागि दबाब दिएका छन्। सेवा शुल्क लिने सौराहाका होटलमा भने तत्काल आन्दोलन नगर्ने मजदुर संगठनले जनाएको छ। सौराहा क्षेत्रका ८० मध्ये ४० वटा होटलले सेवाशुल्क लिने गर्छन्।
यसअघि बिहीबारसम्म मजदुर संगठनकै बलमा विभिन्न डेढदर्जन होटलका मजदुरहरुले सेवा ठप्प पारेपछि एकजर्दन होटलका व्यवसायीहरुले न्युनतम तलब दिने सहमति जनाएको थियो। होटल रिभरसाइड कुरिनटार ,होटल गंगोत्री र गंगोत्री हाइवे,किचेन क्याफे लगायतका होटलहरुले न्युनतम तलब दिने भएका हुन्। डालिमा रिसोर्ट कुरिनटार,रेड कार्पेट नारायणगढ लगायतका होटलमा वार्ता चलिरहेको अखिल नेपाल क्रान्तिकारी मजदुर संगठनले जनाएको छ।
साभार :नागरिक न्यूज