|

किशोरीलाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

कास्की, श्रावण १२ - एक किशोरीलाई लकाईफकाई बेपत्ता बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले पोखरा १७ बिरौटाका ३७ वर्षिय श्याम घमाललाई पक्राउ गरेको छ ।
प्रहरीले जोहरीका आधारमा किशोरीलाई बेपत्ता बनाई मदिरा पिलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा मंगलबार जिल्ला अदालचमा मुद्दा दायर गरेको छ । 
लेकसाईडकी १५ बर्षिया एक गौचन थरकी किशोरीलाई घमालले नगद, कपडा दिएर फकाएर घर जान नदिईकन आफुसंग राखेको अबस्थामा सोमबार प्रहरीले समातेको हो ।
पोखराबाट काठमाडौं लैजाने योजना बुन्दै गरेको अवस्थामा परिवारको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
एक साता अघि पीडित किशोरीकै छिमेकी महेन्द्रपुलस्थित एक दोहोरीमा काम गर्ने अस्मिता केसीले घमालसंग चीनजान गराएकी थिइन । उनीमार्फत नै मोवाइल नम्बर लिएर सम्पर्क गर्ने घमालले बिभिन्न प्रलोभन देखाएर फकाउँदै आएका थिए । 
दुई दिन अघिदेखि किशोरीलाई पोखराको मुस्ताङचोकमा छुट्टै कोठा लिएर राखेका थिए । कोठामा राखेपछि किशोरीलाई बाहिर निक्लन र कसैसंग सम्पर्क गर्न दिएका थिएनन् । 
फकाईफुलाई लगेको दिन आफनो मोवाइलमा ब्याट्री सकिएपछि युवककै मोवाइलबाट किशोरीले आफनी सानीआमालाई आफू घरमा नआउने बताएको पीडितकी आमाले बताईन । छोरी घर फर्केर नआएपछि यत्रतत्र खोजी गर्दा छोरी फेला नपरेपछि वडा प्रहरी कार्यालयमा छोरी हराएको परिवारले जाहेरी दिएको थियो । 
सानीआमालाई फोन गरेको युवकको नम्बरमा प्रहरीले पटक पटक फोन मार्फत सम्पर्कमा आउन अनुरोध गरेपछि मात्रै घमाल प्रहरी कार्यालय आएका थिए । 
शुरुमा किशोरी कहाँ छन् भनेर प्रहरीले सोधपुछ गर्दा समेत आनाकानी गरेका उनले धेरै पछि मात्रै  यथार्थ बताएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शेरबहादुर चन्दले बताए । ‘किशोरीलाई मदिरा समेत पिलाएर लकाई–फकाई गरेको बयानमा खुलेको छ’ चन्दले भने, ‘युवकको नियतमा आंशका देखिन्छ ।’
प्रहरी नियन्त्रणमा रहेका घमालले भने आफूले  कुनियतले त्यस्तो गर्न नखोजेको दाबी गरेका छन् । किशोरीले भने आफूलाई नेपालमा प्रयोग गरेर भारतमा विक्री गर्न खोजेको आरोप लगाएकी  छन् । ‘मलाई  पैसा र कपडा दिएर फकाएको हो’ उनले भनिन, ‘उसको फोन नम्बरले मैले सानीआमालाई फोन नगरेको भए मलाई कहाँ पुराइसक्थे ।’
उनले आफूलाई कोठामा राखेको बेला एक जना अपरिचित युवतीले फोन गरेर तिमीलाई त्यहाँ खतरा छ काठमाडौं आउनुपर्छ भनेको पीडित किशोरीले बताईन । फोन गर्ने अपरिचित युवतीले आफूले फोन गरेको नम्बर मेटाएर घर परिवार कसैसंग सम्पर्क नगर्न अनुरोध गरेकी पनि उनले बताईन ।
आफुलाई जबरजस्ती बियर पिलाएर बेहोस बनाएको र होसमा आउँदा युवक आफूसंगै सुतेको उनले बताईन । आफनो  घरको ठेगाना र व्यवसायको बारेमा समेत खुलेर नबताउने घमालले बिक्री गर्ने नियतले किशोरीलाई कोठामा राखेको भन्दै लेकसाइडस्थित आमा समुहले बुधबार दिनभर वडा प्रहरी कार्यालयमा भेला भएर कारवाहीको माग गरेका थिए । ‘लकाईफकाई लैजानु छुट्टै कोठमा राख्नुले पनि उसको नियत प्रष्ट हुन्छ’ सामुदायिक सेवा केन्द्रकी निवर्तमान जिल्ला अध्यक्ष गोमा ढकालले भनिन, ‘फकाएर किशोरीलाई विक्री गर्ने उसको मनसाय नै हो ।’
‘कही कतै नलगेकोले अनुसन्धान नगरी बेचबिखन भन्न सकिने अवस्था छैन’ जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘सबै अनुसन्धान पछि नै बास्तविकता खुल्नेछ ।’
साभार:कान्तिपुर

Posted by Butwalonline on 10:18 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "किशोरीलाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु