|

दुर्घटनामा एकको मृत्यु, राजमार्ग अवरुद्ध

स्याङ्जा, श्रावण १२ - फेदिखोला गाविस- १ बडाचौरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
स्याङजावाट पोखरातर्फ जादै गरेको ग २ प ५३१३ नम्वरको मोटरसाइकलले  र सोही दिशाबाटै पोखरातर्फ जादै गरेको लु १ ख २७२८ न्ाम्वरको ट्रकलाई उछिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय चित्रवहादुर केसिको मृत्यु भएको हो भने अर्का एकजना गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते महिलाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । मृतक केसी फेदीखोला ९ कुभिन्डेका रहेको र गम्भीर घाइतेको नाम र ठेगाना खुल्न नसकेको  जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
घटनाको क्षतिपुर्तिको माग गर्दै अहिले स्थानियवासीेले घटनास्थलमा वाटो अवरुद्ध पारेका छन् । जसको कारण  सिदार्थ राजमार्ग अन्र्तगत स्याङजा पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 10:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा एकको मृत्यु, राजमार्ग अवरुद्ध"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु