के हेर्दै छ सेन्सर बोर्ड ?
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १८, शनिवार
चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्रलाई जति कडाइ गरे पनि विदेशी चलचित्रको हकमा त्यति नै नरम देखिँदै आएको छ । नेपाली चलचित्र सेन्सर गर्न धेरै झन्झट बेहोर्नु पर्ने तर विदेशी चलचित्र रातारात सेन्सर पास भएर प्रदर्शनमा आउने विडम्बना छ । त्यति मात्र हैन नेपाली चलचित्रमा सामान्य दृश्य तथा संवादमा कैंची चलाउने सेन्सर बोर्डले बिदेशी चलचित्रमा प्रयोग गरिएका आपत्ति जनक दृश्य तथा संवादमा निकै उदार देखिएको पाईएको छ ।
यसको पछिल्लो उदाहरणको रूपमा हिन्दी चलचित्र 'देली बेली' लाई लिन सकिन्छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शन भएको चलचित्र 'देली बेली' यस्तो चलचित्र हो जसको हरेक सिनका संवादमा अपशब्दको प्रयोग गरिएको छ भने केहि दृश्यहरू आपत्ति जनक छन् । जुन चलचित्रलाई परिवारसँग बसेर हेर्न सक्ने अवस्था छैन । दर्शक ति दृश्य तथा संवाद हेरेर मनोरञ्जन त लेलान् तर यसले नेपाली समाजमा राम्रो छाप छोड्न सक्दैन । किनकी यस्ता दृश्य तथा संवाद नेपाली समाजले पचाउन सक्ने अवस्था छैन ।
अश्लील मानिएको दृश्य वा संवाद, देशलाई हानि हुने दृश्य वा विचार, जात, जाति, धर्म, सांस्कृतिक एकतामा खलल पुर्याउने र साम्प्रदायिक दङ्गा भड्किन सक्ने खालका दृश्य तथा संवाद अनि सामाजिक एकतामा खलल पुग्ने दृश्य तथा संवादहरू चलचित्रमा प्रयोग गरिएमा सेन्सरले सो चलचित्रको घाँटी रेट्छ । तर अधिकांश दृश्य तथा संवाद नै छाडा रहेको चलचित्र 'देली बेली' लाई सेन्सर नलाग्दा अहिले सेन्सर बोर्ड माथि प्रश्न चिन्ह खडा भएको छ । सेन्सर बोर्डले यस्ता दृश्य तथा संवादमा किन कैंची लगाएन ? के सेन्सर बोर्ड नेपाली चलचित्रका दृश्य तथा संवादमा मात्र सेन्सर गर्न बसेको हो ?
एक महिना कडा दौडधुप नगरी भारतमा नेपाली चलचित्रको सेन्सर पास नै हुँदैन तर नेपालमा भने हिन्दी चलचित्रको सेन्सर हुन्छ या हुँदैन भन्ने कुरा नै अन्यौलमा छ । सेन्सर हुन्छ भनौं भने हामी आपत्ति जनक दृश्य तथा संवाद प्रयोग गरेका अधिकांश चलचित्रलाई नकाटेकै अवस्थामा हेर्न सक्छौं । आखिरमा सेन्सर बोर्ड बिदेशी चलचित्रमा निक यति लचिलो बन्छ ? यस्तो लचिलो बन्नुको पछाडी के छ रहस्य ? हामी यसको पर्दाफास छिट्टै नै गर्ने छौं ।
Source:Filmikhabar.com
Posted by Butwalonline
on 2:17 AM. Filed under
Entertainment
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response