|

पोखरामा गोली चल्यो,एक घाइते

कास्की, श्रावण ७ - पोखरा, १४ चाउथेस्थित स्वागतनगरमा शनिवार बिहान तीन बजे गोली चलेको छ । चाउथे स्थित वर्ष ५७ का रणबहादुर घताने गोली लागेर घाइते भएका छन् ।
प्रहरीका अनुसार पाँच जनाको संख्यामा आएका अपरिचितहरुले झ्यालबाट पसेर गोली प्रहार गरेका थिए । साँप्रामा गोली लागेर घाइते भएका घतानेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकेा छ ।
गोली किन र कसरी चल्यो भन्ने बारेमा भने केही खुल्न सकेको छैन ।  घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Source:Kantipurnews

Posted by Butwalonline on 7:32 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा गोली चल्यो,एक घाइते"

Leave a reply