नक्कली भारुसहित दुई भियतनामी पक्राउ
काठमाडौ, अषाढ १९ - त्रिभुवन बिमानस्थल भन्सार कार्यालयबाट भियतनामी नागरिक ह्वाङ्ग थि थाङ्ग र नेग्येन भान थ्यू करीव ९५ लाख रुपैया बराबरको भारु नोट सहित पक्राउ परेका छन । बैककबाट शुक्रवार आएका उनीहरुको सुटकेशमा ती रुपैया बरामद भए पनि शनिवार साझसम्म प्राविधिक जा“च भएको छैन । बरामद नोटमा पाूचसय दरका ११ हजार ४ सय ८९ थान छन भने हजार दरको तीन हजार छ सय ९३ थान छन । भन्सारका कर्मचारीले तत्कालै उनीहरुलाई प्रहरीको जिम्मा लगाएको थियो । उनीहरुको बयान आधार प्रहरीले रुपैया काठमाडौमा लिने थप दुई भारतीय नागरिकलाई पक्राउ गरेका स्रोतले बताएको छ ।
Source:KantipurNews
Source:KantipurNews