|

घास काट्ने क्रममा भगडा हुदा ज्यान गयो


स्याङजा, अषाढ २७ - वालिङ नगरपालिका वार्ड नं ६ साठीघरका ७० वर्षीय वृद्धा टिकाकुमारी मश्याङगीको घास काट्ने क्रममा भगडा हुदा हत्या भएको छ । मृतकका छिमेकी वालिङ -८ का ५५ वर्षीय दुर्गा वहादुर थापाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
मश्याङगीको घर नजीकै आइतवार साझ घास काट्ने क्रममा बारीको सिमानाको वारेमा उनीहरुविच भएको विवाद भएको थियो । सोही क्रममा थापाले हसियाले हातमा हान्दा अत्याधिक रक्तश्रापका कारण मस्याङगीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको थियो ।
हत्याका आरोपी दुर्गा वहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । मृतको शवको  पोष्टमार्टमको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
source:kantipurnews

Posted by Butwalonline on 5:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घास काट्ने क्रममा भगडा हुदा ज्यान गयो"

Leave a reply