कपाल झर्ने समस्या र समाधान
डा. सुपर केसी -कन्सल्टेन्ट चर्मरोग विशेषज्ञकपाल सबैका लागि अत्यन्त
महत्त्वपूर्ण अंग हो । यो हुँदा पनि समस्यामुक्त हुन गाह्रो छ भने नहुनेलाई
अत्यन्त ठूलो मानसिक प्रभाव परेको हुन्छ । सौर्न्दर्य र व्यक्तित्व
विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । यहाँ कपालसम्बन्धी धेरैमा देखिने
साधारण (Common) समस्या र तिनको निदान एवम् रोकथामबारे चर्चा गरिएको छ ।
कपालसम्बन्धी समस्याहरु
कपाल
झर्ने रोग धेरै युवायुवतीलगायत अन्य उमेरका मानिसमा पनि त्यत्तिकै व्याप्त
छ । कपाल झर्ने प्रमुख समस्या र त्यसको समाधान निम्नप्रकार उल्लेख गरिएको छ
।
वंशाणुगत समस्या
यसमा
आफ्नो आमा, बुबा, मामा, काकाहरुमा कपाल खस्ने वा बिस्तारै कपाल पातलिंदै
जाने भए त्यसरी नै सन्ततीहरुमा पनि समस्या देखा पर्न सक्छ । वंशाणुगत कपाल
झराइ पुरुष र महिला दुवैमा देखिन्छ र यो समस्या वयष्क भएपछि सुरु हुन्छ ।
पुरुषमा कन्चटनिरबाट कपाल खस्न सुरु भएर बढ्दै तालुमा र्सन थाल्छ भने
महिलामा यो समस्या पहिला तालुनिरबाट सुरु भई अगाडिपट्ट आउँछ ।
साधारण
मानिसमा दिनको १ सय वटा कपाल झर्नुलाई सामान्य मानिन्छ । तर यसभन्दा बढी
खस्न थालेपछि समस्या टड्कारोरुपमा देखा पर्छ । कपाल झर्दै जाने र नयाँ
नउम्रने भएपछि कपाल पातलिंदै जान्छ ।
वंशाणुगत कपाल
झराइको सुरुको अवस्थामा उपचार गर्दा आंशिक रुपमा नियन्त्रण गर्न सकिन्छ ।
यो क्रमिक प्रक्रिया भएकोले पूर्ण् रुपमा नियन्त्रण भने गर्न गाह्रो हुन्छ ।
यसको उपचारको लागि लगाउने औषधि र खाने औषधि दुवै प्रयोगमा छन् । लगाउनको
लागि २५ र ५५ मिनोक्सिडिल झोल प्रयोगमा आएको छ । २५ महिलाको लागि र ५५
पुरुषको लागि प्रयोग गरिन्छ । त्यस्तै खानको लागि फिनेसटराइड (Finesteride 1
mg) भन्ने चक्की प्रयोग गरिन्छ ।
यी दुवै औषधि
चिकित्सकको सल्लाहमा मात्र प्रयोग गरिन्छ । धेरै कपाल झरिसकेको अवस्थामा
भने कपाल रोप्ने प्रक्रियाद्वारा उपचार गरिन्छ । यसबाहेक कृत्रिम कपालको
प्रयोग पनि प्रचलनमा आएको छ ।
छालाको रोगबाट झर्ने समस्या
छालामा
हुने विभिन्न समस्याले पनि कपाल र्झछ । कपालमा लाग्ने ढुसी (Fungal)का
रोगहरु -जसलाई ( Tinia Capitis) भनिन्छ), यसबाट कपाल झर्ने मात्र नभई समयमा
उपचार नगरेमा कपाल फेरि नपलाउन सक्छ । त्यस्तै धेरै मानिसको पैसाको
सिक्काजस्तो चक्का-चक्का भएर कपाल र्झछ । यो रोगलाई एलोपेसिया एरिएटा
(Alopecia Areata) भनिन्छ । नेपाली जनबोलीमा यसलाई खोइरो पनि भनिन्छ ।
यस
प्रकारको कपाल झराइ टाउकाको विभिन्न भागमा मात्र नभएर दाह्रीजुँगा,
आँखीभौं, काखीको रौं सबै स्थानमा हुन सक्छ । यो जुन उमेरमा पनि देखिन सक्छ ।
यो विशेष गरेर धेरै तनावको अवस्थामा देखा पर्छ, जस्तै- पढ्ने
विद्यार्थीहरुमा, व्यस्त व्यापार वा पेसामा, युद्धको अवस्थाहरुमा । यो रोग
कुनै कीटाणुको संक्रमणले भएको भने होइन । यो आफ्नो शरीरले आफ्नै रौंका
जराहरु नष्ट गर्नाले हुने हो ।
यस रोगको उपचार
र्सुइ लगाएर वा विभिन्न अन्य औषधिहरु लगाएर वा चिकित्सकले एलर्जी गर्ने
औषधि दलेर (DNCB/SDBE) गर्न सकिन्छ । कुनै-कुनै अवस्थामा खाने औषधिको
प्रयोग पनि गरिन्छ । यसको ठीक विपरीत माथि उल्लेख गरिएको ढुसीको रोगको लागि
भने खाने एन्टिफङ्गल (Antifungal) औषधिहरु प्रयोग गर्नुपर्छ । नुहाउँदा
पनि विशेष प्रकारको औषधियुक्त स्याम्पू प्रयोग गर्नुपर्छ । उपचार लामो
समयसम्म गर्नुपर्ने हुनाले कपाल पलाउन पनि धेरै समय लाग्छ । यी दुवै
अवस्थाहरुमा सही र समयमा उपचार भए पूरा कपाल पलाउँछ ।
आन्तरिक रोगको समस्या
विभिन्न
आन्तरिक रोगहरुमा पनि कपाल र्झछ । जस्तै- थाइरोइड ग्रन्थि (Thyroid gland)
को समस्या, अन्य हर्मोनहरुको गडबडी, कमलपित्त, टाइफाइड, न्युमोनियाजस्ता
रोगहरुका साथै पौष्टिक तत्त्व र भिटामिनको अभावमा पनि कपाल र्झछ । मानिस
गम्भीर बिरामी भएको तीन महिनासम्म कपाल र्झछ । यसरी झरेको कपाल पूरारुपमा
पलाउँछ । गर्भवती महिला र बच्चा पाएपछि पनि केही समयसम्म कपाल र्झछ ।
शरीरमा
जिंक, आइरन (Zinc,Iron) जस्ता तत्त्वहरुको कमीबाट पनि कपाल पातलिन्छ ।
यस्तै क्यान्सरको उपचारको क्रममा कपाल एकैपल्ट धेरै र्झछ । क्यान्सर उपचार
सकिएपछि कपाल केही पलाउँछ । अन्य आन्तरिक कारणहरुमा विभिन्न औषधिहरुको
प्रयोग, कुपोषण, मधुमेह, बाथजन्य रोगहरु आदि छन् । रोगअनुसारको उपचारपछि
साधारणतया कपाल पलाउन थाल्छ ।
कपाल झर्ने अन्य समस्या
कपाल
रंगाउन प्रयोग हुने रंग, कपाल सोझो बनाउन प्रयोग गर्ने केमिकल र तातो
हावायुक्त का·यिो, धेरै साबुन एवम् स्याम्पूहरुको कारणबाट पनि कपाल झर्ने,
टुक्रने र गुजुल्टो पर्ने हुन्छ । कुनै-कुनै मानसिक अवस्थामा कपाल तानेर
उखल्ने बानी हुन्छ । यस अवस्थामा एकै ठाउँको कपाल तानेर उखल्ने बानी हुन्छ ।
यस प्रकारको रोगको मानसिक रोग विशेषज्ञसँग उपचार गराउनुपर्छ । कपालमा धेरै
चाया परेमा पनि केही मात्रामा कपाल र्झछ ।
कपालको हेरचाह कसरी गर्ने ?
कपालमा
धेरै औषधियुक्त स्याम्पूहरु प्रयोग गर्नु हुँदैन । कपालमा तेल मसाज गरेपछि
मात्र २-३ घण्टापछि नुहाउनु उपयुक्त हुन्छ । मेहन्दी, हेना महिनामा एक पटक
वा बढीमा दुइ पटक प्रयोग गर्न सकिन्छ । कपाल धेरै फुस्रो भएमा सिलिकनयुक्त
कन्डिसनर प्रयोग गर्ने र धेरै चिप्लो भएमा म्वाइस्चराइजर (Moisturizer)
भएको स्याम्पू प्रयोग गर्नुपर्छ ।
यसैगरी हरियो
सागपात, फलफूल र माछामासुको उचित सन्तुलन हुनु जरुरी छ । चाया नियन्त्रण
गर्न पहिला मनतातो तेल प्रयोग गरेर मसाज गर्ने र त्यसपछि चाया हटाउने
स्याम्पू प्रयोग गर्नुपर्छ । आवश्यकताअनुसार कपालमा तेल, जेल प्रयोग गर्न
सकिन्छ । लामो कपाल हुनेहरुले राति सुत्दा कपाल छोडेर वा खुकुलोसँग बाँधेर
सुत्नुपर्छ । कपाल अप्रत्यासित रुपबाट झर्दै वा पातलिंदै गएमा चिकित्सकसँग
परामर्श गर्नुपर्छ ।
Source:SKnepal