पेट्रोल ढुवानीमा अवरोध गर्नेलाई गोलीसम्म हान्न सकिने
काठमाडौं, असार २१ - पेट्रोलियम ढुवानी व्यवासायीले बारम्बार अवरोध पुर्याएर तेलको चरम अभाव सिर्जना भएपछि वाणिज्य तथा आपूर्ती मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अत्यावस्यक सेवा ऐन लागू गर्ने आग्रह गरेको छ। 'अब गृहले निर्णय गर्नासाथ यो ऐन लागू हुन्छ,' वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह सचिव गणेश ढकालले नागरिकन्युजसँग भने।यो ऐन अनुसार कसैले पेट्रोल ढुवानीमा अवरोध गरेमा गोली हान्नसक्ने सम्मको व्यवस्था छ। 'अब गृह मन्त्रालयले सूचना प्रकाशित ऐन अनुसार कारबाही गर्ने प्रकृया अगाडि बढाउँछ,' ढकालले भने, 'यसले मनपरि हड्ताल गर्ने कार्यलाई रोक्नेछ।'
ढकालले तेलको ढुवानीमात्र सूचारु हुने हो भने आपूर्तीमा कुनै समस्या नरहने बताएका छन्। उनका अनुसार तेल छ तर वितरण गर्न ट्याङ्कर तयार छैनन्।
तेल ढुवानी गर्ने ट्याङ्करहरुको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयात प्रभावित रहँदै आएको छ। यसले राजधानी लगायत देशका सहरी क्षेत्रको यातायात सेवामा असर पार्दै आएको छ।
नेपाल आयल निगमले रक्सौलबाट तेल ल्याएर नपुगेको भन्दै भारतको वरौनीबाट इन्धन आयात गर्न थप ट्याङ्कर संचालनमा ल्याएको थियो। तर यो कदम गलत भएको ठहर मन्त्रिपरिषद्ले गरेपछि ती ट्याङ्करलाई रक्सौलबाटै तेल ल्याउन अनुमति दिइयो। रक्सौलबाट तेल आयात गर्दै आएका ट्याङ्कहरु आफ्नै भाग खोसिएको भन्दै आन्दोलनमा उत्रिएपछि तेल अभावको श्रृखला सुरु भएको हो।

Source:NagarikNews