|

रूपन्देही बन्दैछ वित्तीय केन्द्र

मनोरञ्जन शर्मा

 भैरहवा,

एक दशकअघि सिद्धार्थ डेभलपमेन्ट बैंकले बुटवलमा केन्द्रीय कार्यालय सञ्चालन गरीकारोबार सुरु गर्दा रूपन्देहीमा अन्य न कुनै विकास बैंकहरूको उपस्थिति थियोनत अरू जिल्लामा खुलेका विकास बैंकका शाखाहरूको । सिद्धार्थले कारोबार सुरुगरेको एक वर्षपछि बुटवलमै पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको स्थापना भएकोहो ।  हाल सिद्धार्थ डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको बैंकमा परिणत भई काठमाडौंमा केन्द्रीय कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरिरहँदा पश्चिमाञ्चल डेभलपमेन्ट यस क्षेत्रको सबैभन्दा पुरानो  विकास बैंक बन्न पुगेको छ । अहिले बुटवलमा केन्द्रीय कार्यालय रहेको विकास बैंकहरूमा पश्चिमाञ्चलसहित
 भृकुटी, सेवा, तिनाउ, साइन, मिसन र नेपाल कम्युनिटी डेभलपमेन्ट गरी ७ बटा छन् । त्यस्तैगरी रूपन्देही सदरमुकाम भैरहवामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरू दुइटा छन् । पूर्णिमा भैरहवाको पहिलो विकास बैंक हो भने इन्नोभेटिभ डेभलपमेन्ट दोस्रो बैंक हो । एक दशकमा रूपन्देहीमा केन्द्रीय कार्यालय रहेका विकास बैंकको संख्या नौ पुगेको छ भने छिट्टै बुटवलमा एकता विकास बैंक सञ्चालनको तयारीमा छ ।

रूपन्देही अहिले बैंकिङ हब बन्दै गएको पुष्टिसमेत भएको छ । यहाँका विकास बैंकहरूको नेटवर्क पनि
बढ्दो रूपमा छ । भृकुटी विकास बैंकले स्थापनाको सात वर्षमा १४ स्थानमा शाखा विस्तार गरेको छ । भृकुटीको कार्य क्षेत्र १० जिल्ला रहेको छ । त्यस्तै १० जिल्लानै कार्य क्षेत्र रहेको पश्चिमाञ्चलले  नेपालगन्ज, पोखरा, तुल्सीपुरसहित १२ स्थानमा शाखा बिस्तार गरेको छ । त्यस्तै सेवाका ८ शाखा सञ्चालनमा छन् र साउनभित्र नवलपरासीको डन्डा र दुम्किबासमा शाखा विस्तार गर्दैछ । उता ५ वर्षअघि सञ्चालनमा आएको तिनाउले शाखा विस्तारमा भन्दा पनि स्तरीय सेवामा ध्यान दिँदै आएको जनाएको छ । तिनाउको हाल चितवनका एक साखा रहेको छ भने छिट्टै बुटवल, भलुही र कोटीहवामा थप शाखा विस्तार गर्दैछ । साइनको पनि रूपन्देही र अर्घाखाँचीमा गरी ५ शाखा छन् । एक वर्षअघि मात्र स्थापना भएको मिसन डेभलपमेन्टले त शाखा विस्तारमा नेपालमै तहल्का पिटेको छ । कारोबार सुरु भएको ६ महिनामै रूपन्देही र नवलपरासीमा ५ शाखा विस्तार गरी स्थापित बैंकका रूपमा अघि बढाएको छ । उता कान्छो विकास बैंकका रूपमा रहेको नेपाल
कम्युनिटी डेभलपमेन्टले पनि पहीलो शाखा फर्साटिकरमा सञ्चालन गर्दैछ । उता भैरहवाको पहिलो विकास बैंक पूर्णिमाका भलवारी, ड्राईभर टोल, बुटवल र परासीमा चार शाखा छन् भने रूपन्देहीका ग्रामीण क्षेत्र धकधई र सूर्यपुरामा एक्सटेन्सन काउन्टर सञ्चालन अर्को महिनाबाट गर्दैछ भने इन्नोभेटिभले पनि पश्चिम अमुवा, बुटवलमा शाखा सञ्चालनमा ल्याएको छ भने नवलपरासीको चोरमारामा आउँदो आइतबार शाखा विस्तार गरी कारोबार सुरु गर्दैछ । यहाँका विकास बैंकलै शाखा बिस्तार गर्नेक्रम बढे पनि रूपन्देहीको ५० भन्दा बढी गाविसमा अझै कुनै पनि बैंक वित्तीय संस्थाहरूको उपस्थिति छैन ।रूपन्देहीमा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरूले चालू वर्षको जेठ मसान्तसम्म ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तैगरी बैंकहरूले विभिन्न क्षेत्रमा गरी ६ अरब  ३५ करोड २६ लाख ५५ हजार कर्जा लगानी गरेका छन् । उनीहरूले उद्योग व्यवसाय, हायर पर्चेज, वैदेशिक रोजगार, कृषि लगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको मापदन्डभित्र रही कर्जा प्रवाह गरेका छन् भने रियल स्टेट कर्जामा अझै ९ देखि १२ प्रतिशत लगानी रहेको छ ।
त्यस्तै खराब कर्जा पनि दुई प्रतिशतभन्दा न्यून छ । नाफाको कुरा गर्दा चालू आर्थिक वर्षको ११ महिनामा १६ करोडको हाराहारीमा मुनाफा गरेका छन् । अघिल्लो वर्ष अग्रस्थानमा रहेको भृकुटी विकास बैंक अहिले पनि
शाखा विस्तार, लगानी निक्षेप र नाफाका आधारमा अग्रस्थानमै देखिएको छ ।भृकुटीको जेठ महिनासम्म निक्षेप १ अरब ८८ करोड, लगानी १ अर्ब  ६० करोड र सञ्चालन मुनाफा ७ करोड रहेको छ । काठमाडौंका विकास बैंक, फाइनान्स कम्पनीहरूमा संस्थागत निक्षेप र बैंकिङ सुशासनका कारणले समस्यामा पर्ने गरेको
तर रूपन्देहीका विकास बैंकहरू आर्थिक रूपमा सबल रहेको दाबी सञ्चालकहरूको छ ।

Source:Onlinekhabar


Posted by Butwalonline on 7:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रूपन्देही बन्दैछ वित्तीय केन्द्र"

Leave a reply