चितवन मेघौलीका २५० घर डुबानमा, त्रिवेणीबासी त्रसित
मूलधार छाडेर गाउँ पस्दै राप्ती र नारायणी-
चाँदनी हमाल, चितवन, असार १८- साँझ बाढीले नारायणी नदीछेउको मन्दिर लग्यो, त्यसपछि गाउँ छाडेर भाग्यौं, मेघौली ५ भगौडीकी सुकमाया बोटेले भनिन्- धन्न घरमा बूढाबूढीमात्र थियौं र स्कुलमा रात काट्यौ।
'दुईतिरबाट नारायणी बढेर गाउँ पस्न थालेपछि नभागेर विकल्प नै छैन्, स्थानीय रामबहादुर खड्काले भने- रोप्न ठीक्क पारेको दश कठ्ठा खेतसमेत पानीले डुबायो। 'हिँजोमात्र रोपेको धान बाढीले पुरियो, सोही ठाउँकै नारायणप्रसाद सुवेदीले बाढी निरीक्षण गर्न शनिबार गएको टोलीसँग दुखेसो पोखे- ज्यान पनि धन्नै गएन्। पन्ध्र मिनेट पानी अझ आएको भए हेलिकोप्टरले नि उद्दार गर्न भ्याउथेन हाम्लाई'- काखे बच्चा च्यापेकी अस्मिता ढकालले भनिन्।
उनीजस्तै नारायणी र राप्ती नदी वरपरका बासिन्दा दुई दिनदेखि बाढीको यस्तै त्रासमा बाँचेका छन्। नारायणी र राप्ती नदी चितवन र नवलपरासीको गाउँ पसेपछि स्थानीय बासिन्दा राति घर छाडेर हिँड्न थालेका छन्। चितवनको दक्षिण पश्चिमी क्षेत्रमा नारायणी र राप्तीको बाढी पसेपछि शुक्रबार दुई सय ५० घर डुबानमा परेका छन्। शुक्रबार राति चितवनतर्फ नारायणीको सतह ८.९ मिटरमाथिको उच्च जोखिमको अवस्थामा पुगेको थियो।
नारायणीछेउका सालबास क्षेत्रका ८३ घर र त्यति नै सिसाबास क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा छन्। मेघौली गाविसका ८ नम्बर वडाबाहेक आठै वडा बाढीको जोखिममा रहेको जिल्ला दैविप्रकोप उद्धार समितिका बलराम लुइँटेलले बताए। जनताको तटबन्धको योजनाअनुसार नारायणी नदीमा बाँध बाध्ने काम भइरहे पनि बाँध नै नाघेर बाढी गाउँमा पसेको छ। बाँधले पूरै बाढी नपसेकाले अत्यधिक क्षति हुनबाट भने रोकेको स्थानीय बताउँछन्।
'बाँधै नाघेर राति बाढी आयो, सालबासका कुशराज कुमालले भने- पाक्न लागेको मकैबारी र घरभित्रै सबै बाढी पस्यो। 'धन्न तटबन्धले विस्थापित भने गराएको छैन्, राति स्कुलमा बसेर बिहान घर फर्केका उनले भने। नारायणीको एउटा भङ्गालो भगौडीदेखि छुटि्टएर गाउँ कटान गर्दै अघि बढेको छ। नदीको मूलधार छाडेर भङ्गालो गाउँ पसेकै कारण चितवनका नौ गाविस बाढी प्रकोपको उच्च जोखिममा रहेको छ।
Source:NagarikNews