पत्नीको हत्यापछि घर खरानी
सोलुखुम्बु, साउन १२ - सोलुखुम्बु, केरुङ-९ का दानुरी भुजेलले पत्नीको हत्या गरेर घरमा आगो लगाइदिएका छन्। ६० वर्षे भुजेलले ५६ वर्षे रिन्जी भुजेललाई दाउराले कुटेर मारेपछि भित्र राखेर घरमा आगो लगाएको प्रहरीले जनाएको छ। ३ दिनअघिको घटनापछि फरार रहेका भुजेललाई प्रहरीले मंगलबार अबेर जंगलबाट पक्राउ गरेको छ।
उनलाई म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक गोपाल गिरीले जानकारी दिए। पतिपत्नी मात्र बस्दै आएको घरमा झगडा भएको र पत्नीले दाउराले हानेपछि त्यसैले आक्रमण गरेको उनले स्वीकार गरेका छन्।
भुजेल दम्पतीका ७ छोरा भए पनि सबै जिल्ला बाहिर छन्।
साभार :नागरिक न्यूज