गृहमन्त्रीको आग्रहमा कर्मचारी आन्दोलन स्थगित
काठमाडौ, श्रावण ७ - माओवादी समर्थित राष्ट्रिय निजामती कर्मचारी संगठनसहित तीनवटा युनियनले राष्ट्रसेवकको तलब वृद्धि अपुग भएको भन्दै एक सातादेखि जारी आन्दोलन स्थगित गरेका छन् ।
सरकारका तर्फबाट गृहमन्त्री कृष्णबहादुर महराले वार्तामा आउन औपचारिक रूपमा आग्रह गरेपछि आफूहरूले आन्दोलन स्थगित गरेको जानकारी राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष यम पोखरेलले दिए ।
गृहमन्त्रीले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने भन्दै कर्मचारी संगठनहरूलाई आन्दोलन स्थगित गर्न शुक्रबार नै आह्वान गरेका हुन् । ‘गृहमन्त्रीले वार्तामा आउन आह्वान गरेकाले हामीले तत्काललाई आन्दोलन स्थगित गरेका हौं । अब सरकारसित वार्ता हुन्छ,’ पोखरेलले भने ।
राष्ट्रिय निजामती कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारीचालक एसोसिएसनले सबै तहको समान तलब वृद्धि हुनुपर्नेलगायतका माग राखी सिंहदरबारभित्र दिनहु“ जुलुस र धर्ना दि“दै आएका थिए भने सरकारले पनि आन्दोलनकारी कर्मचारीलाई धर्नास्थलबाट पक्राउ गर्ने र अपराह्न छाड्ने गरेको थियो ।

Source:kantipurnews