|

२० वर्षमुनि मोबाइल बोक्न नपाइने

सुरेश यादव, जनकपुर, साउन ४- धनुषाको बरमझिया गाविसमा २० वर्ष उमेर नपुगेकालाई मोबाइल बोक्न तथा विभिन्न उत्सवमा भोजपुरी गीत सुन्न निषेध गरिएको छ। केही वर्षयता मोबाइल टेलिफोन सेवासँगै युवायुवतीमा विकृति बढेको र भोजपुरी भाषाका 'अश्लील गीत'ले यौनदुराचारमा बहकिएको भन्दै गाउँमा बन्देज लगाइएको हो। उमेर नपुग्दै केटाले केटी भगाउने घटना बढ्न थालेपछि समाजले यस्तो निर्णय गरेको स्थानीय विनोद यादवले जानकारी दिए। 'अब उप्रान्त गाउँमा २० वर्षमुनिको मोबाइल खोस्न सक्ने नियम बनाइएको छ,' उनले भने, 'नयाँ नियम कार्यान्वयन गराउन १५ सदस्यीय गाउँ सुधार समिति समेत गठन गरिएको छ।'  समितिमा गाउँका सबै जातका प्रतिनिधिलाई समावेश गराइएको विनोदले बताए।

समितिले अगामी दिनमा लागु औषध तथा मदिरा बिक्री वितरणमा रोक लगाएर नमुना गाउँ निर्माणको अठोटसमेत लिएको छ। बीच गाउँमै प्रहरी चौकी रहे पनि जुवा, तास तथा खुला जाँडरक्सी नियन्त्रण गर्न सक्रिय नदेखिएपछि गाउँकै अगुवाले मिलेर यस्ता विकृति, विसंगति अन्त्य गर्न तम्सेको स्थानीय बेचन साहले बताए।
Source:nagariknews

Posted by Butwalonline on 7:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२० वर्षमुनि मोबाइल बोक्न नपाइने"

Leave a reply