पहिरोले घर भत्किदा एकै परिवारका दुईको मुत्यु
कास्की, श्रावण ४ -
पोखरा-५ पस्र्याङ स्थित रातोमाटामा पहिरोले धक्का दिई घर भत्किदा दुई
जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा ३० वर्षकी संगीता परियार र उनकी १०
वर्षीया रितिका परियार रहेको प्रहरीले जनाएको छ । घटनामा २० वषिर्य रञ्जन
परियार घाइते भएका छन् । उनको चरक अस्पतालमा उपचार भइरहेका छन् ।
मंगलबार राति दुई बजे घर पछाडीको ढिस्को खसेर धक्का दिएपछि घर भत्किएर
उनिहरु पुरिएका हुन । सामान्य ब्लकले बनेको घर भिरालो ठाउँमा रहेकोले
सामान्य पहिरोको धक्काले घर भत्किएको हुने सक्ने वडा प्रहरी कार्यालय बगरका
प्रमुख भुवनेश्वर तिवारीले बताए । राति नै प्रहरीले शब निकाले
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो ।
Source:kantipurnews