हतियार देखाएर यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमाथि कारवाहीको माग
भैरहवा, श्रावण १० - हतियार देखाएर आफुलाई यौन दुर्व्यवहार गरेको दावी गर्दै सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी युवतीले एकजना प्रहरीमाथि कारवाहीको माग गरेकी छन् ।
रुपन्देहीको गोनाहा–३ खजुरीया घर भई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी हवल्दार अवधेश यादवले यौन दुर्व्यहार गरेको दावी गर्दै निसा खान (नाम परिवर्तन) ले कारवाहीको माग गरेकी हुन् ।
खानले यादवमाथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा सोमवार जाहेरी दिएकी छन् ।
बेलहियाको सुख्खा बन्दरगाहा सुनसान सडकमा रोकेर आफुलाई यौन दुर्व्यवहार गर्न थालेपछि चिच्याउन लाग्दा उसले रिवाल्भर झिकेर आफ्नो टाउकोमा राखेर कराए गोली हानी मारिदिने धम्की दिएको जाहेरीमा उल्लेख छ ।
यादव लामो समयदेखि रुपन्देहीमा घुमुवा प्रहरीको रुपमा काम गर्दै आएका प्रहरी हुन् । घुमुवा छँदा अवैध कारोवार गर्नेसंग अवैध असुली गर्ने गरेको आरोप यादवमाथि लाग्दै आएको थियो । प्रहरी उपरीक्षक रबिन्द्रनाथ रेग्मीले यस घटनाबारे प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए ।

Source:Kantipurnews