बाढी पहिरोको कारण घर भत्किएर एकको मृत्यु
पोखरा, श्रावण १० - पानी नपर्ने क्षेत्र (रेन स्याडो जोन) भनिने माथिल्लो मुस्ताङमा एक सातादेखि पानी परिरहेको छ । दिनदिनै पानी परे पछि गएको पहिरोमा एक जनाको मृत्यु भएको छ ।
लोमान्थाङबासीले पहिलोपटक झरी र बाढिपहिरो सामना गर्नुपर्दा अचम्म मानिरहेका छन् ।
दुई दिन लगातार पानी परेपछि माथिल्लो मुस्ताङको छुसाङ– ५ मा पहिरोले घर भत्किएर ५९ वर्षीया ङिमा ढुमा गुरुङको मृत्यु भएको हो । क्षेत्रीय प्रहरी कार्यालय पोखराका अनुसार सुतिरहेको अवस्थामा ढुंगा माटोले पुरिएर आइतवार उनको मृत्यु भएको हो ।
शुक्रवार र शनिवार लगातार २४ घण्टा पानी परेपछि लोमान्थाङका बिभिन्न गाउ“मा पहिरो जान थालेको हो । एक सातादेखि उक्त क्षेत्रमा दैनिक पानी परिरहेको र मंगलवार पनि वर्षा भएको लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रधारा बिष्टले ईकान्तिपुरलाई जानकारी दिए ।
लोमान्थाङका सबै घरहरुमा पानी चुहिएर बस्न समस्या भएको छ । त्यस्तै खानेपानीको पाईप पहिरोले बगाएर पिउने पानी बन्द भएको बिष्टले बताए । पुरै गाविसको खेतियोग्य जमिन सिञ्चाई गर्ने हुयु सिञ्चाइ कुलो पहिरोले क्षति पु¥याएको छ ।
पानी नपर्ने भएकोले लोमान्थाङका सबै घरहरुको छाना माटोले बनेको हुन्छ । धेरैबेर पानी परेपछि माटो भिज्दै गएर पानी चुहिएको छ । अधिकांस दुई तले घरहरुको तल्लो तलामा समेत पानी पुगेपछि घरमा बस्न समस्या हुनुका साथै भत्किने खतरा बढेको छ । १ सय ८० घरपरिवारले पिउ“दै आएको खानेपानी योजनाको मुहानको ट्याङ्की बाढीले पुरेको छ भने २ सय मिटर पाइप पहिरोले बगाएपछि खानेपानी अवरुद्ध भएको छ । १५ सार्वजनिक धारा सबै बन्द भएपछि टाढाको पुरानो मुलको धमिलो पानीमा लाइन लागेर जर्किनमा ओसारेर गुजारा गरिहेका छन् । त्यस्तै सिञ्चाइ कुलोको ५ सय मिटर क्षेत्रमा कतै माथिबाट पुर्ने त कतै तलबाट पहिरोले बगाएको छ ।
त्यस्तै लोमान्थाङ खोलाको २ काठे पुल बगाएर आवागमनमा समस्या भएको छ । सोही गाविसको धुइ र धुराङ सिञ्चाइ कुलो पनि बगाएको अन्नपर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख निरन्जन ढुंगानाले बताए । चराङ गाविसको मराङमा लगाएको करिब ६ सय विरुवा पनि बगाएको छ । सोही गाविसको लघु जलविद्युतको कुलो पनि क्षतीग्रस्त बनाएको छ ।
लोमान्थाङ र चराङ जाने ट्रस ब्रिज पनि पहिरोले क्षती पु¥याएको छ । ‘यस क्षेत्रका सबै गाविसमा केही न केही क्षती पु¥याएको जानकारी आईरहेको छ, सञ्चार असुविधाले सबै विवरण आउन बा“की छ’ उनले भने । छोसेरको सामजुङको सिञ्चाई क्षती, छुक्साङको नर्सिङ खोला बढेर सिञ्चाइका लागि कुलाहरु भत्किएका छन् । सुर्खाङको ढि खानेपानी र सिञ्चाइ, छोनुपमा कुटानी पिसानी मिललाई पनि क्षती पु¥याएको छ ।
लोमान्थाङ दरबारमा पनि पानी चुहिएर त्यहा“ बसेका पर्यटकहरु अन्यत्र हिंडेका छन् । ‘कम्तिमा त्रिपाल हाल्न पाए घरहरु लड्नबाट जोगिन्थ्यो, यहा“ राहतका लागि कोही आएका छैनन्’ अध्यक्ष बिष्टले बताए । घरको पानी नपरेको भागतिर ओच्छ्यान सार्दै सुत्नुपरेको निरन्जन ढुंगानाले बताए ।
उक्त क्षेत्रमा यसरी वर्षा भएको पहिलो पटक हो । स्थानीय वृद्धहरु पानी परेकोमा आश्चर्य मान्दै डराएका छन् । ‘यसअघि कहिल्यै यस्तो पानी परेको देखिएको थिएन’ लोमान्थाङ–१ का ७० वर्षीय मेनेफेन्दो लोवाले बिष्टले टेलिफोनमा ईकान्तिपुरस“ग भने ।
जलवायु परिवर्तनको असरका कारण यसरी अतिवृष्टी र अनावृष्टी भएको जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख निराजन सापकोटाले बताए । सापकोटाका अनुसार पानी नपर्ने क्षेत्रमा पनि यसपटक वर्षा बढ्ने क्रममा छ । मुस्ताङको सदरमुकाम जोमसोममा यो वर्ष जुन महिनामा ९ दिन ४४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जबकी त्यस क्षेत्रको औषत वर्षा २३ मिलिमिटर मात्र हो । त्यस्तै उत्तरी क्षेत्रबाट जोमसोम हु“दै बगेको कालिगण्डकी नदीको बहाव बिगत वर्षहरु भन्दा निकै बढेको जोमसोम हावापानी केन्द्रका पर्यवेक्षक सुर्यप्रसाद शर्माले बताए ।
उपल्लो मुस्ताङमा छोसेर, छोन्हुप, लोमन्थाङ, चराङ, घमी, सुर्खाङ र छुसाङ पर्छन । लोमान्थाङबाट १८ किलोमिटरमाथि कोरोला तिब्बती सिमा पुगिन्छ ।
Source:Kantipurnews